विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए
२०७८ कार्तिक १० गते, बिहीबार
विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट  साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुहुँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभयो ।