लोकेश्वर साकोसको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम

लोकेश्वर साकोसको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षबाट पद हस्तान्तर तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रनेश बाटीले सहकारी संस्थाहरुले सहकारीको मर्म विपरित कार्य गर्न नहुने कुरालाई जोडदि“दै एक जनाको हितको लागि होइन समस्त समुदायको हितको लागि सहकारी संचालित हुनुपर्ने कुरा राख्नुभयो । सहकारी संस्था एक साझा थलो भएकाले व्यक्तिगत स्वार्थ त्यागेर समूहिक विकासमा अगाडी बढ्नुपर्ने बताउनु भयो । संस्थाबाट आथिक कारोबार मात्र नभई स्थापनकाल देखि नै सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सिपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्दै आएको कुरा बताउनु भयो ।


संस्थाका संस्थापक सदस्य एवं निर्वाचन संयोजक रविन्द्र खर्वुजाले मानिसहरुमा मानसिक तनाबका कारण उत्पन्न हुन सक्ने रोगहरु र त्यसबाट पर्नसक्ने प्रभावहरुको बारेमा जानकारी दि“दै नवनिर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण संचालक समितिले त्यस विषयमा सजग हुनुपर्नेकुरा बताउनु भयो ।
संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापना कालमा गरेको मेहेनत लगलबाट आज सम्मको अवस्थामा आउदा खुसी व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाइ दिनुभयो । निवर्तमान अध्यक्ष राजन जतिले सहकारीले गर्नुपर्ने कार्यहरुको स्मरण गर्दै एकलौति निर्णय होइन बहुमतको सल्लाह सुझाब र निर्णयहरुबाट सहकारी संचालन गर्नुपर्ने कुरा राख्नुभयो । उक्त कार्यक्रममा पुर्र्व अध्यक्ष्ँ रामसुन्दर सुजखुले पनि नवनिर्वाचित समितिलाई बधाइ दिनुभएको थियो भने संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नु भएको थियो ।