सन्दर्भ विश्व दृष्टि दिवस: कार्य क्षेत्रमा आँखाको सुरक्षा गरौं ।

सन्दर्भ विश्व दृष्टि दिवस: कार्य क्षेत्रमा आँखाको सुरक्षा गरौं ।
भक्तपुर, असोज २५ गते
कार्य क्षेत्रमा आँखाको सुरक्षा गरौं नाराका साथ आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । यो दिवसको सन्दर्भमा टिलगँगा आँखा केन्द्र ख्वप अस्पतालले पनि विशेष कार्यक्रम आयोजनाको तयारी भएको जनाएको छ । सो अवसरमा तिलगंगा आँखा केन्द्रले जारी सन्देश यस प्रकार छ ।

प्रेस विज्ञप्ती
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान
२०८० असोज २३ गते
नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका रहि आएको छ । यसमा मुख्यतया नीतिनिर्माण तथा आवश्यक निर्देशीका निर्माण गरी सम्पूर्ण सेवा प्रदायकहरुलाई नेपाल सरकारले नेतृत्वदायि भूमिका निर्वाह गरिरहेको छ ।

      नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाउदै आइएको  विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो विहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको जानकारी गराउँदछौं । यस वर्षको विश्व दृष्टि दिवसको “कार्यस्थलमा आँखालाई माया गरौं” ९ीयखभ थ्यगच भ्थभक बत ध्यचप० भन्ने नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको छ । 

      विश्व स्वास्थ्य संगठन, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेकाछन् । वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दूर्घटनाबाट हुने आँखा सम्बन्धि चोट लाग्ने गरेको छ । त्यस्तै, समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम छ । 

      रोजगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न,उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक छ । 

      पछिल्लो अनुसन्धान (च्ब्ब्द्य सर्भे २०२०) अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर  छ । दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ  भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ । चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढि रहेका छन् । नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ । दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएका बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुन: दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हँुदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु ९ल्यल(अयmmगलष्अबदभि इअगबिच म्ष्कभबकभक०, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइदैन । 

      नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्पm उन्मुख गराउन सकिन्छ । 


कार्यस्थलमा आँखा यसरी लाई माया गरौं :
आँखाको तनाव कम गर्नको लागि कार्यस्थल राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्नुहोस् ।
आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउनुहोस् , आँखा धेरै नै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्नुहोस् ।
आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्नुहोस् ।
आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुनुहोस् ।
आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्नुहोस् ।
सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडि मर्मतस्थल, मोटरसाईकल/गाडि चलाउँदा, ट्राफिक प्रहरीहरु डिउटिमा रहँदा, आदि) मा काम गर्नुहुन्छ भने सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्नुहोस् ।
आँखाको स्वास्थ्य कायम राख्नको लागि र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउनुहोस् ।
आँखा स्वास्थ्यको जाँच गर्न र आँखा सम्बन्धी कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नको लागि नेत्र सहयक/अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गर्नुहोस्।
कार्यस्थलमा आँखालाई माया गरौं ।
जनचेतनाका लागि:
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान
सम्पर्क: ०१–५९७००४८