द्यःस्वगंवियगु जात्राकालागि आगँन घरमा देवदेवीलाई विराजमान गराइयो ।
भक्तपुर, बैशाख ३ गते
विस्का जात्राको आज सातौ दिन स्थानीय शक्तिपीठहरुको जात्रा गर्दै विस्का जात्रा मनाइएको छ । विशेष गारी भक्रपुर नगरका करिव ४ दर्जन शक्ति पीठहरुलाई आगन घरमा विराजमान गराई भोलि हुने सगुन जात्राका लागि तयारी गरेको हो । नगरका अष्टमात्रीकाहरु देखि स्थानीय देव देवी तथा शक्रि पीठहरुलाई टोल टोलमा सगुन थाप्नदिन ति देवदेवीहरुलाई निर्धारित स्थानहरुमा विराजमान गराइएका हुन । यसै बीच आज ब्रम्हायणी देवीको जात्रा पनि आयोजना भएको छ । सूर्यमढीबाट दत्तात्रयसम्म साँस्कृतिक बाजा, गाजा, भजन कीर्तनका साथै नाच गान गर्दै भक्तजनहरुले ब्रम्हायणीको जात्रा गरेका हुन ।


ब्रम्हायणी मन्दिर आसपासमा धान सुकाउन खल प्रयोग गर्ने कृषकहरुले विषेश गरी आजको दिनमा मुख्या अर्थात दिप प्रज्वलन गरी ब्रम्हायणी जात्रा गर्ने चलन छ । खल प्रयोग कम भएसँगै दिप प्रज्वलन गर्नेको सहभागितामा कमि आएको सहभागिहरुले गुनासो गरेका छन् । च्याम्हासिंह देखि ब्रम्हायणी पीठसम्म ब्रम्हायणीको बाटो आपसपासमा धान सुकाउन छोडेपछि कृषकहरुको सहभागितामा कमि आएको देखिएको हो भने आज दिउँसो देखि पानी पला जात्रा सञ्चालन गर्न पनि समस्या भएको थियो ।
विस्का जात्रालाई भव्य रुपमा मनाउन देवघरबाट बाहिर आएका देवदेवीहरुलाई ससम्मान विदाई गर्ने परम्परालाई धान्दै भोलि देवतालाई सगुन दिने चलन विस्का जात्रा अन्तर्गत आठौ दिनमा मनाउने चलन छ भने पर्सि भैरव र भद्रकालीको रथ तानेर गःहिटीबाट माथि तौमढीमा ल्याएर विस्का जात्रा सम्पन्न गर्ने परम्परा रहि आएको छ ।













