लक डाउनमा हिड्न आज देखि नयाँ पासको व्यवस्था 

भक्तपुर, चैत्र १८ गते
लक डाउनको बेला  अतिआवश्यक काममा जानै पर्ने व्यक्तिहरुको लागि आज देखि नयाँ पासको व्यवस्था गर्ने भएको छ । पासको कार्ड पनि फरक कलरको हुनेछ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे भन्नु भयो । मर्दापर्दा मलामि जानुपर्दा वा विरामी भई अस्पताल जानुपर्ने भएका व्यक्ति समुदायले जिल्ला प्रशासन कार्यालयबाट पास लिन सकिने बताएका हुन । गत साता वितरण गरेको पासको म्याद नाघिसकेकाले अतिआवश्यक व्यक्तिहरुले पासको नविकरण वा बनाएर मात्रै आवतजावत गर्न आग्रह गरेको छ ।यद्यपी पास नपाएर जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धाउने समुदाय बाक्लै देखिन्छ । विगत तीन दिन देखि पास बनाउन प्रशासनमा धारहेका समुदायको बाक्लो उपस्थितिविच प्रहरीले दुरी कायम गरी बस्न आग्रह गर्दै पासको व्यवस्था गरीरहेको छ ।