शुक्रबार अहिले सम्मकै बढी कोरोना संक्रमित (१४५४)फेला, ९७२ कोरोना मुक्त
काठमाण्डौं, भाद्र २६ गते
शुक्रबार १,४५४ कोरोना संक्रमित थपिन्दा संक्रमितको दर अहिलेसम्मकै उच्च भएको छ भने ९७२ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भन्दा संक्रमितको संख्या बढी देखिएको छ । विगत केही दिन देखि संक्रमण मुक्त हुने संख्यामा वृद्धि भइरहे पनि थप संक्रमित हुनेको संख्यामा भने कमि आएको छैन । पछिल्लो २४ घण्टा भित्र संक्रमित भएकाहरु मध्ये करिब आधि संक्रमितहरु काठमाण्डौ उपत्यकामै भेतिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्र ६९६ जना नयाँ कोरोनाका संक्रमितहरु थपिएका हुन् । यसरी संक्रमित हुनेहरुमा ललितपुर र भक्तपुरका ३८।३८ जना मात्र छन् भने काठमाण्डौ जिल्लाको मात्रै ६२० जना संक्रमित भएका हुन् । उपत्यकामा मात्र नभई शुक्रबार अहिलेसम्मकै बढी संक्रमित पुष्टि भएका छन् ।

शुक्रबार साँझसम्म संक्रमण पुष्टि भएका १४५४ जना सहित कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ । संक्रमितहर मध्ये ३६ हजार ६७२ जना कोरोना संक्रमण मुक्त भई घर फर्कि सकेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७०१ पीसीआर परीक्षण गर्दा १४५४ थप संक्रमित भएका हुन । अहिले १४ हजार ९२५ सक्रिय कोरोना संक्रमितहरु उपचारमा रहेका छन् । आइसोलेसनमा १४ हजार ९२५ जना रहेका छन् भने क्वारेन्टिनमा ६ हजार ७८ रहेको मन्त्रालयले जनाएको छ । सुक्रबार थप ५ जनाको मृत्यु हुँदा कोरोना संक्रमित भइ मुत्यु हुनको संख्या ३२२ पुगेको छ ।
काठमाडौं उपत्यकाका ६९६ सहित रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२/१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११/११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ/छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन/तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई÷दुई, जुम्ला, बर्दिया र धादिङमा एक/एक जना गरि १४५४ सङ्क्रमित थपिएका हुन् । हालसम्म कुल सङ्क्रमितमध्ये ७०.६ प्रतिशत अर्थात ३६ हजार ६७२ जना कोरोना मुक्त भएका छन् । आज कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ९२५ छ । तीमध्ये छ हजार ६३४ होम आइसोलेसनमा र आठ हजार २९१ संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ७८ छ । नेपालमा हालसम्म आठ लाख २१ हाजर १८६ नमूनाको पिसिआर परीक्षण गरिएको छ । सक्रिय सङ्क्रमितमध्ये १७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा पाँच, प्रदेश २ मा २४, वाग्मती प्रदेशमा १०७, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ३३, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा एक जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै वाग्मती प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचारमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा भने सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण आजसम्म नौ लाख १४ हजार २६६ जनाले ज्यान गुमाएका छन् । दुई करोड ८३ लाख ३५ हजार ६७७ सङ्क्रमितमध्ये दुई करोड तीन लाख ५७ हजार ३९१ निको भएका छन् ।














