खोकनाबासीहरुले लक्ष्मी पूजाको दिन भित्र्याए धान

खोकनाबासीहरुले लक्ष्मी पूजाको दिन भित्र्याए धान
ललितपुर, कार्तिक २९ गते
खोकनाबासीहरुले आफ्नो ऐतिहासिक भूमिबाट आज धान भित्र्याएका छन् । सरकारले फास ट्याक, जेरो प्वाइन्ट, विद्युत प्रसारण लाइन  लगायत विभिन्न परियोजना सञ्चालनको नाममा खोकनाबासीहरुबाट खोस्न लागेको जमिनबाट धान उर्मादै आज लक्ष्मिपूजाको दिनमा धान भित्र्याएको हो । सम्पदाप्रेमी समुदायको ब्यापक सहभागितामा धान काटि, चुटि धान भित्र्याउनुका साथै सोहि जमिनमा तोरी छरेका छन् । सरकारले विकासको नाममा खोकना बुमतिको ऐतिहासिक सम्पदा बिनास गर्न लागेको भन्दै सम्पदाप्रेमी समुदायको सक्रिय सहयोग र सहभागितामा गत असार र श्रावणमा रोपाइ गरेका थिए । असार १५ गते राष्ट्रिय धानदिवसको दिन देखि श्रावणसम्म प्रहरीको अवरोधका बीच पनि पटक पटक सामुहिक धान खेति गरेको सो क्षेत्रमा आज धान काटि, चुटि धान भित्र्याएको हो । ऐतिहासिक जात्रा पर्व र सभ्यता जोडिएको बुमति र खोकनाको उब्जाउ जमिन विकासको नाममा विनास गर्न नहुने भन्दै भक्तपुर,काठमाण्डौ, ललितपुर लगायत विभिन्न क्षेत्रबाट आएका समुदायले किसान आन्दोलनका रुपमा खोकनामा धान रोप्ने, चुत्ने, भित्र्याउने तथा तोरी छर्ने कार्य भएको हो ।