भक्तपुर क्याम्पसमा १३ सय जनाले गरे मतदानस
भक्तपुर, चैत्र ५ गते
स्व.वि.यु निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा जारी निर्वाचनमा १३ सय जनाले मतदान गरेका छन्् । ४हजार १ सय ५८ मतदाता रहेको भक्तपुर क्याम्पसमा आज दिउँसो २ बजेसम्ममा १३ सय जनाले मतदान गरेको हो । ३ वटा प्यानल बीचको प्रतिस्पर्धामा भइरहेको निर्वाचन शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । आज विहान ८ः१३ मिनेटबाट सुरु भएको निर्वाचन साँझ ४ बजेसम्म लाइनमा बस्ने मतदातालाई मतदान गर्न दिइने क्याम्पसले जनाएका छ । यस भन्दा अगाडीको निर्वाचनमा ४ हजार १ मतदाता रहेको सो क्याम्पसमा जम्मा २ हजारको हाराहारीमा मात्रै मतदान भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा मात्र मतदान हुने आंकलन गरिएको छ ।


सत्ता समिकरणमा रहेका नेपाली कांग्रेस र एमालेको भातृसंगठन नेविसंघ र अनेरास्ववियू वीचको समिकरणमा वहालवाला अध्यक्ष पुकार पराजुलीलाई चुनौती दिदै नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुजी ह्यंगोजुको प्यानले चुनाबी मैदानमा छन् । यसै बीच अखिल क्रान्तिकारी र अखिल समाजवादीको संयुक्त प्यानलमा आकाश गजुरेलको प्यानल पनि प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिले आचारसंहिता विपरितको व्यानर हटाउन लगाएको थियो ।













