भवक्यामा ४५.७१ प्रतिशत अर्थात १९०१ मतदान

भवक्यामा ४५.७१ प्रतिशत अर्थात १९०१ मतदान
भक्तपुर, चैत्र ५ गते
स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत आज भक्तपुर बहुमखी क्याम्पसमा सम्पन्न मतदानमा १९०१ मत मात्र खसेको छ । ४,१५८ मतदाता विद्यार्थी रहेको भक्तपुर बहुमखी क्याम्पसमा ४५.७१ प्रतिशत मात्र मतदान भएको हो । आज विहान ८ः१३ बजे देखि सुरु भएको मतदान साँझ ४ बजेर १२ मिनेटमा सम्पन्न गरेको थियो ।
शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्दा स्ववियू निर्वाचनलाई विभिन्न दल, दलका नेता तथा जनप्रतिनिधीहरुले पनि प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । निर्वाचनलाई हारजित भन्दा संगठनको सिद्धान्त र बैचारिक रुपले राजनैतिक क्षेत्रमा नयाँ नेतृत्व चयनको कसिको रुपमा स्ववियु निर्वाचनलाई लिएका छन् । कलेजको शैक्षिक उनयन र विद्यार्थीहरुको साझा माग तथा हकहितकालागि समेत स्ववियु निर्वाचनको महत्व रहेको भन्दै भक्तपुर बहुमखी क्याम्पसका प्रध्यापक, शिक्षक, कर्मचारीहरु समेत सक्रियताका साथ निर्वाचन सम्पन्न गर्न जुतेका थिए ।


कलेजका प्रध्यापक हरिसुन्दर सुवालका अनुसार कलेजमा विहान, बेलुकी र साँझ गरी तीन सिफ्टमा कक्षा संञ्चालन भइरहेको छ। ऋाआफ्नो अनुकुलमा आएर मतदानमा सहभागि भएका छन् । उनले भने राजनैतिक क्षेत्रमा देखिएकोे बित्रृस्नासँगै मतदानमा सहभागि हुन आउने विद्यार्थीहरुको संख्या पनि कम भएको छ । वास्तवमा स्ववियु निर्वाचन राजनैतिक सचेतनाकालागि पनि महत्वपूर्ण निर्वाचन हो ।
आज भएको निर्वाचनको अवलोकनकालागि आउनु भएका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पनि राजनैति विना केही पनि नहुने भन्दै स्ववियु निर्वाचनबाट नै राजनैतिक नेतृत्व चयन हुँदै आएको बताए । आफूहरु कलेज पढ्दा २।३ महिना पहिले देखि निर्वाचनको तयारी हुने गरेको तर अहिले केही समयमै निर्वाचन सम्पन्न हुने गरेकोले मतदाता विद्यार्थी संख्या घटेको अनुमान गरेका छन् । उनले भने हाम्रो पालामा ७०।८० प्रतिशतसम्म मतदान भएका हुन्थे । निर्वाचनलाई खचार्लु भन्दा आपसी सदुभाव कायम गर्ने हिसावले मात्रै भएको उहाँले बताए । सो निर्वाचनमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई सहित विभिन्न क्षेत्रका जनप्रतिनिधीहरु समेत अवलोकनकालागि सहभागि थिए ।
यस वर्षको निर्वाचनमासत्ता समिकरणमा रहेका नेपाली कांग्रेस र एमालेको भातृसंगठन नेविसंघ र अनेरास्ववियू वीचको समिकरणमा वहालवाला अध्यक्ष पुकार पराजुलीलाई चुनौती दिदै नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुजी ह्यंगोजुको प्यानले चुनाबी मैदानमा छन् । यसै बीच अखिल क्रान्तिकारी र अखिल समाजवादीको संयुक्त प्यानलमा आकाश गजुरेलको प्यानल पनि प्रतिस्पर्धामा छन् ।