ब्यवस्थित निर्वाचनका लागि दवाबमुलक पत्रकारिताका लागि जोड
भक्तपुर, कार्तिक १६ गते
सूचनाको पहुँचले पदमा रहेर मह चात्ने बादशाहहरुलाई समेत धाल्न सकिने भएकाले स्वतन्त्र पत्रकारितामार्फत निर्वाचन बारे सत्य तथ्य समाचार दिन भक्तपुरका पत्रकारहरुलाई आग्रह गरेका छन् । आसन्न निर्वाचनको ब्यवस्थापन र आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न पत्रकारहरुलाई भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपाल बास्कोटाले जोड दिएका हुन । उहाँले भन्नु भयो पत्रकार सूचनाको संभावक हो । आचारसंहिता बारे मौखिक रुपमा धेरै र लिखित रुपमा थोरै गुनासाहरु आइरहेको भन्दै स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि निर्वाचन स्थल र केन्द्रहरु पनि ब्यवस्थित हुनुपर्नेमा जोड दिनु भयो । आचारसंहिता बारे सामाजिक सञ्जाल नियन्त्रण नभई ब्यवस्थापनमा चुनौती रहेको र सरोकारवालाहरु बीच छलफलकोक्रममा रहेको पनि बताए । उहाँले संबैधानिक मानमर्दनलाई ख्याल गर्दै लोकतन्त्र र मुलुकका लागि स्वतन्त्र पत्रकारिताले प्रभावकारी भुमिका खेल्न सकिने विचार व्यक्त गनु भयो ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भक्तपुरका पत्रकारहरुका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्नु हुँदै अधिकृत बास्कोटाले निर्वाचन ब्यवस्थित पार्न दवाबमुलक पत्रकारिता गर्न पनि आग्रह गर्दै निर्वाचन आचार संहिता कार्यान्वयन नगर्दाका घाटाहरु बारे पनि जानकारी दिनुपर्नेमा जोड दिनु भयो । राजनैतिक दलहरुकै सहमतिमा बनेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा बिलम्ब गर्न नहुनेमा जोड दिदै आचारसंहिता कार्यान्वयनले दलहरुलाई निर्वाचन खर्च समेत घट्ने उहाँले बताए ।
सो अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता अन्तर्गत के गर्न हुने वा नहुने बारे अभिमुखिकरण कार्यक्रमले प्रस्ट पारेको बताउनु भयो । भोलि देखि मतदाता शिक्षासँगै दल र उम्मेदबारहरुले निर्वाचन प्रचार प्रसार कार्यक्रम हुने भएकाले पत्रकारहरुले आधिकारिक सत्य, तथ्य सूचना दिएर मानव अधिकारको संरक्षण गर्न र सरोकारवाला निकायको ध्यानाकर्षण गराउने भूमिका खेल्नुपर्नेमा जोड दिनु भयोे । यसै बीच जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेले आसन्न निर्वाचन सफल पार्न आवश्यक तयारी भइरहेको उल्लेख गर्दै घरदैलो मतदाता शिक्षा भोलिदेखि संचालन हुने जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार समहासंघका पूर्व अध्यक्ष धमेन्द्र झा, भक्तपुरका जिल्ला अध्यक्ष जगत प्रजापति लगायतले पनि बोल्नु भएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














