रसुवामा फाल्गुण २४ गते मारुनी नाच प्रतियोगिता हुने
रसुवा, फाल्गुण २१ गते
लोपोउन्मुख नेपालको परम्परागत एवं मौलिक नृत्य मारुनी मादलको तालसँगै रसुवामा नचाइने भएको छ । यही फाल्गुण २४ गते रसुवाको नीलकष्ठ माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका ५ स्थित बोगटीटारमा प्रतियोगितात्मक रुपमा मारुनी नृत्यको महोत्सबै गर्न लागेका हुन ।
रसुवामा पर्यटन विकास, नेपाली कला, संस्कृति, परम्परा तथा मोलिक सभ्यताको प्रर्बद्धन गर्न रेडियो लाङताङले मारुनी नाच प्रतियोगिता आयोजना गर्ने भएको हो । आयोजक रेडियो लाङताङका स्टेशन म्यानेजर गीता न्यौपानेका अनुसार फाल्गुण २४ गते मारुनी नाचको प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने छ । स्टेशन म्यानेजर न्यौपानेले भने यो बागमती प्रदेशमा दोस्रो पटक क्षेत्रीय रुपमा हुन लागेको हो । सो अवसरमा कृषि उपज र हष्तकला सामग्री प्रर्दशनी मेला पनि आयोजना गरिने छ ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङले रसुवाको पर्यटन प्रर्वद्धन तथा नेपाली साँस्कृतिक सभ्यताको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिएका हुन् ।
मारुनी नाच नेपाली समुदायमा विशेष गरी मगर, कुमाल, खस जातीको मुख्य संस्कृतिको रुपमा परिचित भएपनि सबै जसोले मन पराउने नाचको रुपमा आआफ्नो ठाउँमा नाच्ने चलन छ । मादलको तालमा केटा मान्छे परम्परागत भेषभूषामा केटी भएर नाच्ने नाचलाई नै मरुनी नाच भन्ने गरिन्छ ।














