सार्वजनिक सेवा प्रवाहमा दूःख हैरानी दिने २ जना प्रहरीद्वारा पक्राउ

€सार्वजनिक सेवा प्रवाहमा दूःख हैरानी दिने २ जना प्रहरीद्वारा पक्राउ
भक्तपुर, चैत्र १७ गते
सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दूःख हैरानी दिने गरेको भन्दै भक्तपुर प्रहरीले यातायात व्यवस्था कार्यालय राधेराधे क्षेत्रबाट २ जना मानिस पक्राउ गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरमा आएका सेवाग्राहीहरुलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर आवश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई ती २ जना व्यक्तिलाई पक्राउ गरेका हुन । यसरी पक्राउमा पर्ने व्यक्तिहरुमा सिन्धुपाल्चोक जुगल गााउपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष २९की यमकुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका वडा नं. ६ घर भई हाल राधेराधे बस्ने वर्ष ३०का सुनिल थापा रहेको उहाँले बताए । पक्राउ परेका श्रेष्ठ र थापामाथि थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सुचना अधिकारी जवेगुले जनाएको छ ।