नेवा: सभ्यताको पुनरलेखन “अन्तरङ्गका तरङ्गहरु” आज सार्वजनिक हुने

नेवा: सभ्यताको पुनरलेखन “अन्तरङ्गका तरङ्गहरु” आज सार्वजनिक हुने
भक्तपुर, फाल्गुण २८ गते
इतिहासविद् प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठले नेपाली ईतिहासमा आफ्नो ४० वर्षको अध्ययन, अन्वयशनलाई पुनरलेखन गरी आज बजारमा ल्याउने भएको छ । नेवा: समुदायको संस्कृति र सभ्यताको गहिरो अध्ययन गर्नु भएका प्रा.डा. श्रेष्ठले आफ्ना पुराना अध्ययन अनुसन्धानलाई समेत तथ्य र प्रमाणहरु जुताएर पुर्नरलेखन गरी बजारमा ल्याउने तयारी गरेको बताउनु भयो । लेखक प्रा.डा. श्रेष्ठले इतिहास, संस्कृति र पुरातत्व विषयहरुमा विभिन्न कालखण्डमा लेखेका लेख रचनाहरुलाई परिस्कृत गरी “अन्तरङ्गका तरङ्गहरु” नामक पुस्तक आज विमोचन गर्ने भएको हो । एक हजार एक सय भन्दा बढी पृष्ठको सो पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आथित्यतामा आज विमोचनको तयारी गरेको उहाँले बताएका हुन् ।

ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा आज दिउँसो १ बजे विमोचन हुने सो पुस्तक बारे लेखक प्रा.डा. श्रेष्ठले आफुले जीवनमा ४० वर्ष गरेको अध्ययन अनुसन्धानको सार सो पुस्तक भएको भन्दै उहाँले ‘यति नगरेको भए अर्को जन्म लिनुपर्ने हुथ्यो’ भन्नु भएको छ ।
पुस्तकलाई संचित साकोसले बजारमा ल्याउँदै छ । लेखक प्रा.डा. श्रेष्ठ ख्वप कलेजका प्राध्यापक हुनु हुन्छ ।