ड्राइभिङ्ग स्कुल संघ नेपाल भक्तपुरको सर्व सहमतिमा नयाँ नेतृत्व चयन

ड्राइभिङ्ग स्कुल संघ नेपाल भक्तपुरको सर्व सहमतिमा नयाँ नेतृत्व चयन
भक्तपुर, जेष्ठ ३ गते
डाईभिङ स्कूल संघ नेपाल भक्तपुरको सर्व सहमतिमा नयाँ नेतृत्व चयन भएको छ । आज भक्तपुरमा आयोजित प्रथम अधिवेशनबाट संघका अध्यक्ष रामभाई बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेका हुन । नवनिर्वाचित कार्य समितिका उपाध्यक्षमा लालकाजी श्रेष्ठ, सचिवमा भैरवकुमार श्रेष्ठ, कोषाध्यक्षमा भवानी शंकर अधिकारी, सह सचिवमा नरेश दुवाल सहित अन्य पदाधिकारीहरु सर्व सर्वसहमतिमा चयन गरेका हुन । सो साधारणसभाको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरेका थिए ।


नवनिर्वाचित पदाधिकारीहरुले आजै गोपनियताको शपथ लिएका थिए भने सो अवसरमा वरिष्ठ ट्राफिक व्यवस्थापक सिताराम हासेथुले डाईभिङ स्कूल सञ्चालनमा आएपछि ८० प्रतिशत सडक दुर्घटना न्यूनिकरण भएको चर्चा गर्दै सडक दुर्घटनाले विरामीको उपचार गर्दै घरखेत बेचेर सडकसम्म पुग्ने गरेको उदाहरण प्रस्तुत गर्नु भयो । उहाँले सडक अनुशासन कायम गर्न डाईभिङ स्कूलको महत्वबारे प्रकाश पार्नु भयो ।