भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुर, मिति २०८३ कार्तिक १५

जिल्ला प्रहरी परिसर, भक्तपुरले प्रतिबन्धित लागूऔषधसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, मिति २०८३ कार्तिक १४ गते मध्यपुर थिमि नगरपालिका वडा नं. २ दिव्यश्वरी प्लानिङ एरियामा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा: १. वसन्त बहादुर खत्री: जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३८ का वसन्त बहादुर खत्रीको साथबाट ४२.८४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ट्रामाडोल १० क्याप्सुल बरामद गरिएको छ। २. प्रदिप के.सी.: जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष २८ का प्रदिप के.सी.को साथबाट १.२८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि मिति २०८३ कार्तिक १५ गते लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।