बालबालिकाको शिक्षाप्रति जनप्रतिनिधीको ध्यानाकर्षण
भक्तपुर, असार ३ गते
समानताका लागि आवाज भक्तपुरले आफ्ना सबैका लागि पढाई परियोजनाका उपलब्धीहरुलाई संस्थागत गरिदिन चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । नगरपालिकाको सभा कक्षमा आयोजित एक समारोह बीच नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बढाई तथा शुभकामना व्यक्त गर्दै चाँगुनारायण नगरपालिका भित्रका बालबालिकाहरुको शिक्षामा पहुँचयुक्त बनाउन जनप्रनिधिहरुको ध्यानाकषण गराएका हुन । नगरमा रहेका पहुँच र प्रभाव नपुगेका बालबालिकाहरुको पहिचान गर्दै तिनीहरुको गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले नै ध्यान पुर्याउन जोड दिदै समानताका लागि आवाज भक्तपुरले गर्दै आएको सबैका लागि पढाई परियोजनाले भक्तपुर जिल्लाका ४ वटै नगरपालिका भित्र गरेको अध्ययन, तालिम र परामर्श तथा त्यसका निष्कर्णहरु बारे परियोजनाका संयोजक राजु आर्चायले जानकारी दिएका थिए । समानताका लागि आवाजले गर्दै आएको असल अभ्यासहरुलाई पहिलाका जनप्रतिनिधीहरुले जस्तै अहिलेका जनप्रतिनिधीहरुले पनि ध्यानदिन सकियोस भन्नका लागि परियोजना बारे जानकारी दिदै जनप्रतिनिधीहरुलाई शुभकामना दिन आएको आयोजक समितिका सुरेशराज भण्डारी बताए । सो अवसरमा नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीले नगरको शैक्षिक क्षेत्रका योजनाहरु पहिलेको भन्दा अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबधता जनाएका थिए ।














