प्रा.डा.श्रेष्ठका “अन्तरङ्गका तरङ्गहरु” नामक पुस्तक विमोचन, इतिहासलाई भौतिकबादी दृष्टिकोणबाट ब्याख्या गर्नुपर्छ: अध्यक्ष विजुक्छे

इतिहासलाई भौतिकबादी दृष्टिकोणबाट ब्याख्या गर्नुपर्छ: अध्यक्ष विजुक्छे
भक्तपुर, फाल्गुण २८ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार नारायणमान विजुक्छेले इतिहासविद् प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठका “अन्तरङ्गका तरङ्गहरु” नामक पुस्तक विमोचन गर्नु भएको छ । ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा आयोजित विमोचन समारोहमा सो पुस्तक विमोचन गर्नु हुँदै अध्यक्ष विजुक्छेले देश र जनताकालागि जो जहा रहे पनि आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिनु हुँदै प्राडा श्रेष्ठको योगदान खेर नजाने बताउनु भयो । पुस्तकबाट अरुले पनि सिक्ने अवसर समेत मिल्ने भएकाले लेखक श्रेष्ठ बढाइ र धन्यवादका पात्र हुनु हुन्छ भन्नु भयो ।

पुस्तकको नाम “अन्तरङ्गका तरङ्गहरु” नामले साहित्यिक भए पनि इतिहास, संस्कृति र पुरातत्व विषयहरुका पुस्तक भएको चर्चा गर्दै भारतिय एक पुरातत्वविद सांगारियाले रामायण र महाभारत समेत इतिहास होइन, थिएन भनेको छन् भन्दै उहाँले पुस्तकले समेतिएका विषयहरु भविष्यमा पूर्णरुपमा सत्य पनि हुन सक्ने र थप पुष्टि पनि हुन सक्ने तथा विरोधी पनि हुन सक्ने विश्लेषण गर्नु हुँदै उहाँले कुनै विषयवस्तुलाई हेर्ने फरक फरक दृष्टिकोणले फरक धारणा आउन सक्ने विचार व्यक्त गर्नु भयो । इतिहासलाई भौतिकबादी दृष्टिकोणबाट ब्याख्या गर्नुुपर्नेेमा जोड दिन्दै अध्यक्ष विजुक्छेले संसारमा धर्मलाई पनि हतियार बनाउँदा भिडन्त भएको उदाहरणहरु प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणी हरिाम जोशी, पूर्व उपकुलपति बोद्ध विश्व विद्यालयका प्रा.डा. त्रिरत्न मानन्धर, निरञ्जनकुमार टिबरेवाला, प्राध्यापक हेमन्त शमसेर राणा, वरिष्ठ साहित्यकार तथा भ्रष्टाचार विरुद्धका अभियान्ता भरतमणि जंगमसहितका अतिथिहरुले विमोचित पुस्तक र लेखकको लेखन सिपको प्रसंशा गर्दै पुस्तक इतिहासलाई जीवन्त राख्न उपयोगि भएको बताएका थिए । लेखक प्रा.डा. श्रेष्ठले सो पुस्तक आफ्नो ४० वर्षको अन्वयशनको मात्र नभई जीवनको अमूल्य निधि भएको बताए । नेवा: समुदायको संस्कृति र सभ्यताको गहिरो अध्ययन गर्नु भएका प्रा.डा. श्रेष्ठले आफ्ना पुराना अध्ययन अनुसन्धानलाई समेत तथ्य र प्रमाणहरु जुताएर पुर्नरलेखन गरी बजारमा ल्याएको बताए । एक हजार एकसय ३६ पृष्ठको सो पुस्तकमा १०१ लेखकहरु समेतिएका छन् । सचित साकोसले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै सो पुस्तक प्रकाशन गरेको संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले सो अवसरमा बताए ।