नवदुर्गा पनि विरामी, आज देखि भक्तजनहरु हेरविचारमा

नवदुर्गा पनि विरामी, आज देखि भक्तजनहरु हेरविचारमा
भक्तपुर, जेष्ठ ११ गते
हजारौ लाखौ भक्तजनका आष्ठाको प्रतिक नवदुर्गा गण आफै विरामी परेपछि आज देखि आम भक्तजनहरु प्रसाद चढाउन नवदुर्गा द्यः छें आउन थालेका छन् । प्रत्येक वर्ष सिथी नखाःको दिन देखि नवदुर्गालाई हेरचाहका लागि भक्तजनहरु नवदुर्गा मन्दिर परिसर पुग्ने परम्परा रही आएको जात्रा व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमाला बताउँछन् ।


गतहप्ता भक्तपुर नगरको इच्छु टोलमा वर्षको अन्तिम पटक ङा लाकेगु जात्रा हुँदा नवदुर्गा विरामी भएको चाल पाउने र सकि नसकि जात्रा गरेको भन्दै विरामी परेरका नवदुर्गा गणसँग रहेको तान्त्रिक शक्ति समेत कर्मचार्य आचाजुहरुले र्फिता लिने चलन रहेको सल्लाहकार बनमाला बताउँछन् ।
वर्षको ८ महिना काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत पुगेर महामारीबाट बच्न सरसफाई गर्नुपर्ने, समाज, परिवारमा हुने झै झगडा हुन नदिन, सामुहिक भवना एवं सहकारीको भावना जगाउने नाटक (नाँच)हरु देखाउँदै आएको छ । मल्लकालिन सभ्यतालाई जीवन्त बनाउँदै आएको नवदुर्गा गण आफ्रै विरामी पर्ने र अन्तमा भलभल अष्टमीका दिन जलसमाधि अर्थात मृत्युवरण गर्ने परम्परागत मूल्यमान्यताले जन्मपछि मृत्यु अवश्यभावी रहेको जीवन चक्रलाई नवदुर्गा गणले शिक्षा दिइरहेको उहाँको भनाई छ ।
विरामी परेको जानकारी पाएपछि घर घरबाट भक्तजनले हालै भित्र्याएको गहु पिसेर बनाएको सातु सहित खेतवारीमा अहिले उत्पादन भएका तरकारी र फलफूलहरु नवदुर्गा गणलाई चढाउन आउने चलन रही आएको हो । यसै परम्परा धान्दै आज देखि भलभल अष्टमीसम्म भक्तपुर नगरपालिका वडा नम्व्र ९स्थित गछेंको नवदुर्गा मन्दिर परिसरमा भक्तजनहरुको धुईचो लाग्ने छ उहाँले भने । भक्तजनबाट चढाएको सातु खाएपछि नवदुर्गा गण झन विरामी भएपछि आजको ४ दिनपछि तलेजुस्थित मुल चोकमा विराजमान गराई नवदुर्गालाई अमृत सहर सिजा खुवाउने चलन पनि रहेको उहाँले बताए ।
सिजा अर्थात अमृत खुवाएपनि निको नहुने भएपछि भलभल अष्टमीको दिन नवदुर्गाले जलसमाधि लिने चलन रही आएको छ ।
यसले वर्षाको समय आउँदै छ । वर्षाको समयमा हावाहुरी, भारी वर्षाले बाढी पहिरो आएर अनिष्ट हुन सक्ने विपदीय जोखिमको बेला नवदुर्गा स्वयंम् जलसमाधिमा जाने भएपछि भक्तजनलाई आत्म रक्षाकालागि मृत्यु मार्गमा हिडेका नवदुर्गा गणसँग पञ्चरंगी धागो तथा पासुका लिने चलन छ ।
दशै पर्वमा लिने पञ्चरंगी धागो वा पासुका गल्लामा लगाउने चलन रहेको भएपनि भलभल अष्टमीको दिन नवदुर्गा गणसंग लिने पञ्चरंगी धागो र पासुका हातको नाडीमा डोराको रुपमा बाढ्ने चलन रहेबाट वर्षातको समयमा आत्म रक्षाको प्रतिकको रुपमा यसलाई लिने गरेको सल्लाहकार बनमालाको विश्लेषण छ ।