आज सिथी नखाः पर्व मनाउँदै
बसन्त ऋतुको आगमनसँगै हावा हुरी चल्छ । बोट विरुवाहरुका परागसेचन हुन्छ । प्रि मनसुन पनि सुरु हुन्छ अर्थात पानी पर्न नि थाल्छ । तब बोट विरुवामा पालुवा पलाउँदै हरावरा हुन थाल्छ । ठीक यसै बेला माघ, फार्गुण, चैत्रको सुखा समयले सुकेका पानीका श्रोतहरु वा मुहानहरु पनि भरिन थाल्छ । यसै मनसुन वा प्रकृतिलाई आत्म साथ गर्दै नेवार समुदायले आज सिथी नखाः पर्व मनाउँदै पानीका श्रोतहरुलाई संरक्षण गर्ने चलन छ ।
सिथी नखाःको अवसरमा कृषकहरुले रोपाईकालागि कुलोहरु समेत मर्मत सम्भार गर्ने चलन छ भने घर आगँनमा रहेका इनार, कुवा, ढुंगेधारा सहित पानीका परम्परागत श्रोतहरुलाई स्थानीय जनताको सामूहिक प्रयासमा सरसफाई गरिन्छ । करिव २०।३० फिट गहिरो ईनारमा रहेको पुरानो पानी फालेर फोहर मैला सरसफाई गर्दै पानीको श्रोत संरक्षण गर्ने परम्परा रहि आएको छ । यसै दिनलाई सिथी नखाः पर्वको रुपमा मानिन्छ । सिथी नखाःलाई कतिपयले सिटैमा आएको वा मनाएको पर्वकोरुपमा भन्ने चलन रहेपनि यस पर्वको विशेष महत्व छ ।
सिथी नखाः नेवार समुदायको वर्षको अन्तिम पर्वको रुपमा लिने चलन छ । यसपर्व मनाउन विहान देखि भक्तजनहरु नुवाईधुवाई वा सरसफाई गर्दै वः (बारा) र चटामारी पकाएर खाने चलन छ । वः का विभिन्न परिकार छन् । वर्ष दिनमा घर घरमा वः पकाएर खाने दिन सिथी नखाः हो । साँझतिर ईनार सरसफाई गर्ने चलन छ । आजकै दिन वर्षा र सहकालका देवता बुङ्ग द्यः (करुनामय) अर्थात रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत जावला खेलमा भोटो देखाउने जात्रा हुने भएकाले आज सरकार उपत्यकाकालागि सार्वजनिक विदा पनि दिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













