ट्रक र ईट्टा उद्योग संघले गरे, आज रक्तदान

ट्रक र ईट्टा उद्योग संघले गरे आज रक्तदान
भक्तपुर, बैशाख २५ गते
भक्तपुर ट्रक व्यवसायी संघ र भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको संयुक्त आयोजनामा ख्वप अस्पताल प्रांगण च्याम्हासिंहमा खुल्ला रक्तदान कार्यक्रम आयोजना भएको छ । संघको सामजिक उत्तरदायित्व अन्तर्गत उपचारमा रहेका विरामीहरुलाई रगतको अभाव हुन नदिन सो कार्यक्रम आयोजना गरेको उल्लेख गदैं संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराले आर्थिक मन्दिको समयमा पनि ट्रक व्यवसायी र ईट्टा उद्यमीहरु बीच भेटघाट हुने गरी रक्रदान कार्यक्रम आयोजना गरेको जनाएको छ । रगतको माग बढी रहेको बेला सडक दुर्घटना न्यूनिकरणकालागि जनचेनता अभिवृद्धिको आवश्यकतामा जोड दिदैं अध्यक्ष गोराले दुर्घटना न्यूनिकरणकलागि हरेक वर्ष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरी दुर्घटना नगर्ने चालक, सहचालकहरुलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको बताउनु भयो । आज भएको रक्तदानमा ४३ पुरुष र १० महिला गरी ५३ले रक्तादन गरेको जानकारी दिदै संघका कार्यालय सचिव केन्दार तुईतुईले यसपटक गरी आफूले ३५ पटक रक्तदान गरेको बताए । प्रत्येक ३।३ महिनामा रक्तदान गर्न सकिने भएकाले आफूले पनि निरन्तर रुपमा रक्तदान गर्दै आएको बताए ।


संघका संस्थापक अध्यक्ष विश्वराम कवांले छरिएर रहेका इट्टा उद्यमी र ट्रक व्यवसायीहरुलाई संगठित पार्न संघको विकास भएको चर्चा गर्दै संघले पनि समाजमा केही गर्नुपर्छ भावनाका साथ रक्रदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम आयोजना भएको हो । रक्तदाताबाट निःशुल्क रुपमा रगत संकलन गर्ने भए पनि रगत वितरणमा केही शुल्क भन्ने लिने गरेको उल्लेख गर्दै रगत संकलक श्रीया प्रजापतिले भक्तपुर जिल्लाका नगरपालिकाहरुले दिएको निःशुल्क रगत कान्तिपुर ब्लड बैंकमा लागु नभएका तथा काठमण्डौका अन्य पालिकाहरुले त्यस्तो सुविधा नदिएकोले संकलित रगत व्यवस्थापन र वितरणकालागि निश्चित शुल्क लिदै आएको बताए ।
रक्तदानमा स्थानीय समुदाय, उद्यमी व्यवसायी र विद्यार्थीहरु समेत सहभागि छन् ।