दिवालीलाई मध्ये नजर गरी बोका विक्रि बजार अनुगमन

दिवालीलाई मध्ये नजर गरी बोका विक्रि बजार अनुगमन

भक्तपुर, २७ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा खसि बजार भेलुखेलमा दिवालीलाई मध्ये नजर गरी बोका बिक्रि बजार अनुगमन गरियो । अनुगमनमा क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास बिना स्वस्थ्थ वा बिरामी, उपभोक्ताले उपभोग गर्न मिल्ने नमिल्ने परिक्षण बिना बोका ओसारपसार गरी स्थानीय सरकार नगरपालिकामा समेत स्विकृति बिना विक्रि वितरण गरेको पाइएको संयोजक गोराले बताउनुभयो ।


अनुगमनमा भिमबहादुर तामाङले अनुमतिबिना रामेछाप सुनापति गाउ“ पालिकाबाट बोका ल्याई क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना २० वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो भने शिब श्रेष्ठले रामेछाप खा“डादेबीबाट क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना २८ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै नरबहादुर श्रेष्ठले रामेछाप डोरम्बाबाट क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना २६ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै सुरोज श्रेष्ठले चित्लाङबाट क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना ३५ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै बाबुकाजी धौगोडा रामेछापबाटै क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना २८ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै रामेछाप चौपाया खरिदविक्रि रामेछाप बेथानबाट क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना २१ वटा बोका ल्याई र दिउ“सो २५ वटा ल्याउने गरी जम्मा ४६ वटा बोकाको नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले पसल नविकरण गरी आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । न्हुछेराम सप्लायर्स र आयन्स सप्लायर्सलाई नविकरण गर्न क्वारेन्टाइन चेक जा“च बिना र भेटनरीको जा“चपास कागजात बिना विक्रिवितरण नगर्न निर्देशन गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी लब कस्पाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका राजेश त्वानाबासु र पशु सेवा कार्यालयका पार्वती योञ्जन लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।