कानून दिवसको अवसरमा प्रवचन तथा ख्वय न्याय दबुू पुस्तक विमोचन
भक्तपुर, २६ वैशाख । बहत्तरौ“ कानुन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा प्रवचन एवं कलेजबाट प्रकाशित ‘ख्वप न्याय दबु’ को विमोचन कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहा“ले ‘ख्वप न्याय दबु’ मा प्रकाशित लेखहरु गहन विषयमा आधारित भएको धारणा राख्नुभयो ।
उहा“ले भन्नुभयो, “हरेक नागरिकको समाजमा कर्तव्य हुन्छ । गलत कामको विरोध गरिएन भन्ने कर्तव्यबाट च्यूट भएको मानिन्छ, जुन अपराध ठहरिन्छ ।”
कानुन विषयको महŒवमाथि प्रकाश पार्दै अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस चाहिन्छ । राजनीतिक कार्यकर्ताहरुलाई सबभन्दा बढी कानुनको ज्ञान चाहिन्छ । कानुनी ज्ञान विनाको राजनीतिक कार्यकर्ता शरिरमा कुनै एक अ· नभएको मानिस जस्तै अपूर्ण हुनेछ ।”
विद्यालय तथा कलेज तहको पाठ्यक्रममाथि टिप्पणी गर्दै उहा“ले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने र हरेक तहको पाठ्यक्रममा कानुनी ज्ञान दिने विषय समावेश गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।
“कारागाराको जीवन भोगिरहेका धेरैजसो कैदीहरु ऐन, कानुनको अज्ञानताको कारण कैदी हुन बाध्य भएका छन् । नागरिकहरुलाई अनिवार्यरुपमा कानुनका सर्वमान्य सिद्धान्तहरु जानकारी गराउन सके आपराधिक घटनामा कमी आउनेछ”, अध्यक्ष बिजुक्छे“ले भन्नुभयो ।
राष्ट्रिय पार्टीको मान्यता पाउनको लागि ३ प्रतिशत मतसीमा तोकिनु अप्रजातान्त्रिक भएकोले उक्त प्रावधानको नेमकिपाले विरोध गरिरहेको उहा“ले बताउनुभयो ।
हरेक राजनीतिक पार्टीले कुनै एक वर्गको हितमा प्रतिनिधित्व गर्ने, कुनै सिद्धान्त र विचारलाई मार्गनिर्देशक सिद्धान्त मानि अगाडि बढेजस्तै कामदार जनताको पक्षमा राजनीति गर्दै समाजवादी व्यवस्था हु“दै साम्यवादी समाज स्थापना गर्ने लक्ष्यकासाथ नेमकिपा अगडि बढिरहेको उहा“ले बताउनुभयो ।
अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “उत्पादनका साधनहरु सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, शोषणविरुद्धको हक हुने, शिक्षा–स्वास्थ्य उपचार निःशुल्क हुने, ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको व्यवस्था हुने, शारीरिक र मानसिक श्रम तथा गाउ“ र सहरबिच भेद अन्त्य हुने राज्य व्यवस्था नै साम्यवादी व्यवस्था हो । त्यस्तै साम्यवादी समाज एउटा सभ्य र सुसंस्कृत आदर्श समाज हुनेछ, जहा“ वर्ग र शोषण विहीन हुनेछ । हामी त्यसको निम्ति काम गरिरहेका छौं ।”
निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक पार्टीलाई कारबाही हुने व्यवस्था संविधान र कानुनमा उल्लेख गरिए निर्वाचनमा हुने बेथिति केही हदमा भए पनि नियन्त्रण हुने धारणा उहा“ले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनताका छोराछोरीहरुलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्ने, समाजलाई बुद्धिजीवीकरण गर्ने काममा सहयोग गर्ने, नया“ पुस्तालाई एक्काईसौं शताब्दीका चुनौतीहरु सामना गर्न सक्ने देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन श्रमस“ग मिलाउने र श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने उद्देश्यले ख्वप कलेज अफ ल स्थापना भएको बताउनुभयो ।
विद्यार्थी भर्ना चापअनुसार ख्वप कलेज अफ लमा थप कोटा स्वीकृतिको लागि पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिइरहेको जानकारी दि“दै प्रमुख प्रजापतिले कलेजको मागअनुसार पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी कोटा बढाइदिने आशा व्यक्त गर्नुभयो ।
राजनीतिक पार्टीहरुको भागबन्डामा न्यायाधीश नियुक्ति भइरहेको जनमतलाई कदर गर्दै उहा“ले भन्नुभयो, “न्यायाधीश नियुक्तिको लगत्तै पार्टी कार्यालयमा पुगेर नेताहरुबाट आर्शीवाद लिने न्यायाधीशहरुबाट कसरी न्यायापलिका स्वतन्त्र हुनसक्छ र तिनीहरुबाट कसरी निश्पक्ष न्यायको अपेक्षा गर्न सकिन्छ ?”
“संविधान र कानुनका दफाहरुमा न्यायपालिका स्वतन्त्र उल्लेख भए पनि व्यवहारमा जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । कानुन उल्लेख भएका प्रावधानहरु व्यवहार लागु गर्न विद्यार्थीहरुले अहिले देखि नै तुलनात्मक अध्ययन गर्नु खा“चो छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
देश र जनताको हितमा कानुन बनाउने सांसद प्राज्ञिक थलो हुनुपर्नेमा झगडा गर्ने अखडा भएको प्रशंग उल्लेख गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभामा कानुनका विज्ञहरु पुग्ने परिस्थिति निर्माण भए े देशमा विकृति र विस·ति कम हुन सक्ने बताउनु भयो ।
देशको स्थिति दिनप्रतिदिन बिग्रदै जानुमा सरकारमा जाने पार्टीहरु नै दोषी रहेको धारणा व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरुले आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
संसदीय सर्वोच्चता वा न्यायिक सर्वोच्चता भन्ने बहस भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले संसदीय व्यवस्थामा संसद् आफ्नै पार्टीका साँसद वा विपक्षी साँसदहरुको कारण संसद चल्नै नसक्ने अवस्था आएमा संसद् भ· गर्ने अधिकार प्रधानमन्त्री रहन्छ भन्नु भयो । तर नेपालमा पटक पटक प्रधानमन्त्रीले संसद भंग गरेकोलाई न्यायपालिकाले पुनःस्थापना मात्र गरेन दिन र घण्टा नै तोकी प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउन आदेश दिनुले कतै संसदको अधिकार न्यायालयमा त पुगेन भन्ने प्रश्न उठ्ने गरेको उहाँले प्रष्ट पार्नु भयो ।
पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानून संकायका डीन प्रा.डा. अनिल कुमार पोखरेलले कानूनले अधिकार प्रदान गरे पनि शासकहरुले आप्mनो स्वार्थमा अप्ठेरो पर्ने वितिकै जनताको अधिकार कुण्ठित गर्ने गरेको बताउनुभयो ।
उहा“ले विद्यार्थीहरुलाई सहज रुपमा कानून पढ्ने वातावरण भए विदेश पढ्न जानेहरुको संख्यामा कमी आउने बताउ“दै नेपालमा अरु विषयको तुलनामा कानून अध्ययनतर्पm विद्यार्थीहरुको आकर्षण बढिरहेको स्पष्ट पार्नुभयो ।
फौजदारी कानूनका विज्ञ एवं वरिष्ठ अधिवक्ता प्रा.डा. रंजित भक्त प्रधाना·ले कानून राम्रोस“ग अध्ययन गर्ने हो भने विविधशास्त्र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहा“ले ल कलेज राम्रो बनाउन पुस्तकालय राम्रो हुनुपर्नेमा जोड दिंदै भन्नुभयो – कलेज राम्रो गर्न पुसतकालय राम्रो हुनुपर्छ । पुस्तकालयमा आकर्षण नभएको विद्यार्थी राम्रो विद्यार्थी हु“दैन ।”
कानून जनताको हितमा हुनुपर्ने बताउ“दै उहा“ले जनताको हित नगर्ने कानून परिमार्जनको विकल्प नहुने बताउनुभयो ।
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस बासुदेव न्यौपानेले मासिन जिवित रह“दामात्रै होइन मरिसकेपछि पनि कानूनद्वारा शोशित हुनुपर्ने बताउ“दै शेषपछि बकस पत्र दिएकोमा दिने मान्छे मरेपछि कार्यान्वयनमा आउने स्पष्ट पार्नुभयो ।
संसदमा मात्रै होइन देशका विभिन्न क्षेत्रमा विकृति भएको उल्लेख गर्दै उहँ“ले अदालतको काममा जनताले सुक्ष्मरुपमा अध्ययन गरी कमी कमजोरी भए सुधारको लागि आलोचना गरी सहयोग गर्न आग्रह गर्नुभयो ।
कानून अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्त राम प्रसाद प्रजापति र ख्वप हलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले कानून दिवस मनाउनुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले सहभागी सबैलाई स्वागत गर्दै कलेजमा कोटा थप भए धेरै विद्यार्थीहरुले कानून पढ्ने अवसर पाउने बताउनु भएको थियो ।
कार्यक्रममा कलेजद्वारा आयोजित निवब्नध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि बिजुक्छे“ले पुरस्कार वितरण गर्नुभयो भने कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख प्रजापतिले प्रमुख अितथि र अतिथिहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














