रुसको डिसेम्बर विद्रोहको अधुरो उपन्यास“डिसेम्बरवादीहरु” अध्ययन गर्दा
रामकृष्ण प्रजापति
अधुरो उपन्यास“डिसेम्बरवादीहरु” तोल्सतायको “युद्ध र शान्ति” शिर्षक उपन्यास बारे केहि कुरा राख्न चाहन्छु । डिसेम्बर विद्रोहको नेतृत्व कुलीन परिवारका सैनिक अफिसरहरूले गरेका थिए । रूसको डिसेम्बरवादीहरूमा परिवर्तनप्रति समर्पणको भावना भरपुर थियो । प्रेम, भाइचारा, मित्रताजस्ता मानवीय मूल्यमा उनीहरूको आस्था असीम थियो । जार शासनलाई फालेर प्रजातन्त्रको स्थापना गर्ने र सामन्तीको थिचोमिचोबाट भूदासहरूलाई मुक्त गराउने तीव्र आकांक्षाका साथ विद्रोहलाई अगाडि बढाइएको थियो । तर, उनीहरूमा आन्दोलन र विद्रोहको अनुभव थिएन । उनीहरूले कामदार वर्गलाई पनि विद्रोहमा सम्मिलित गराउन सकेनन् । सिनेट चोकमा युवा सैनिकहरूले विद्रोह गरिरहँदा कामदार जनता वरपर बसेर तमासा हेरिरहेका थिए । जसको लागि सङ्घर्ष गरियो । उनीहरूलाई नै विद्रोहमा सामेल गराउनु नसक्नु डिसेम्बरवादीहरूको ठूलो सैद्धान्तिक कमजोरी साबित भयो । कठोर दमन र सजायका बाबजुद रुसमा जारविरोधी विद्रोहको आगो भित्रभित्रै सल्कँदै गयो । अन्ततः सन् १९१७ को रुसी अक्टोबर क्रान्तिले कामदारवर्गको पक्षमा राज्यसत्ता कायम गरेर शोषण र दमनविरुद्ध बज्रमुक्का प्रहार ग¥यो । डिसेम्बरवादीहरूको दुःख खेर गएन । डिसेम्बरवादीहरूको विद्रोहको अनुभव नै रुसी अक्टोबर क्रान्तिको सफलता हो भने जानकारी दिने उद्देश्य यो पुस्तको रहेको छ ।
पुस्तकमा चर्चा गरिएअनुसार डिसेम्बर विद्रोहपछि जन्मिएका लेभ टोल्सटोयको विश्वविख्यात उपन्यास ‘युद्ध र शान्ति’ यही डिसेम्बर विद्रोहसँग साइनो राख्छ भन्ने जानकारीको रहस्योघाट्न पुस्तकले गरेको छ ।
डिसेम्बर विद्रोहलाई केन्द्रमा राखेर साहित्य रचनामा (उपन्यास) लागेका टोल्सटोयले आफ्नो कथा योजनालाई तीन भागमा बाँडेका थिए – पहिलो– विद्रोहको पृष्ठभूमि, दोस्रो– विद्रोहको वर्णन र तेस्रो– साइबेरियामा निर्वासनपछि फर्केका डिसेम्बरवादीहरूको जीवनचर्या । तर, दोस्रो र तेस्रो योजनाअनुसार उनी अगाडि जान नै पाएनन् र विद्रोहको पृष्ठभूमिले नै ‘युद्ध र शान्ति’ तयार भयो । टोल्सटोय दोस्रो र तेस्रो भाग लेख्न उनी किन अगाडि जान सकेनन् भन्नेबारे पुस्तकमा गरिएको चर्चाले पाठकलाई सोचनीय बनाएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घले सन् १८२५ डिसेम्बर २६ मा रुसमा कुलीन खानदानी परिवारका युवा सैन्यहरूद्वारा गरिएको एउटा सैनिक विद्रोहको वास्तविकता उजागर गर्ने ‘रुसको डिसेम्बर विद्रोह (जारविरुद्ध षड्यन्त्र)’ नामक पुस्तक यसै वर्ष प्रकाशित ग¥यो । सो पुस्तक कार्तिक ३ गते शुक्रबार नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक कार्यक्रमबिच सार्वजनिक गर्नुभयो । नेपाल क्रान्तिकारी युवा सङ्घले झन्डै २ सय वर्ष अगाडि रुसका २० देखि ३० वर्षभित्रका प्रगतिशील युवा सैनिकहरूको निःस्वार्थ उद्देश्य र प्रतिबद्धतालाई पाठक र नेपाली युवाहरूमाझ पु¥याउने प्रयास ग¥यो । यसले नेपालका युवा पुस्तामा सकारात्मक सन्देश जाने आशा गर्न सकिन्छ ।
१९ औं शताब्दीका महान् यथार्थवादी लेखक लेभ निकोलायभिच तोल्स्तोयको जन्म १८२८ मा भएकाले १८२५ डिसेम्बर २६ मा भएको सैनिक विद्रोह बारे लेख्नु सजिलो थिएन । त्यतिवेला घट्नामा संलग्नहरु निर्वासनवाट फर्केकाहरुसंग भालाकुसारी, अन्वेषणबाट प्राप्त खुराकबाट हजार पृष्ठको पुस्तक युद्ध र शान्ति उपन्यास तयार भएको थियो भने हिन्दी अनुवाद त बाइस सय पृष्ठ छ । यो किताव अध्ययनले त्यतिवेलाको रुसको भुगोल, इतिहास, राजनीतिक र सामाजिक संस्कार, युद्धको बारे, निर्वासन बारे, निर्वासनमा पठाएका लोग्नेको सेवाको लागि श्रीमति स्वयंस्फूर्त निर्वासनमा गएर श्रीमानको सेवामा समर्पितको मायाप्रितीका कुराहरु, युद्धबन्दीका कुराहरु आदि बारे जानकारी पाउन सक्ने उपन्यास बनेको थियो ।
लियो तोल्स्तोयले सन् १८६३ मा ३५ बर्षको उमेरमा लेख्न सुरु १८६९ अर्थात ७ बर्षपछि पुस्तकमा प्रकाशित ‘युद्ध र शान्ति’ उपन्यासको आधार वा प्रेरणा डिसेम्बर विद्रोह नै थियो । पुश्किन, रिलेयेभ, ओदोयेभ्स्की र लेर्मोन्तोभका प्रतिबन्धित कविताहरुमा विद्रोहीहरुको भावना र व्यक्तित्वको चर्चा गरिएको हुन्थ्यो । तोल्स्तोयको निम्ति डिसेम्बरवादीहरु रहस्यमयी पात्र थियो । २४–२५ बर्षमा उपन्यास लेखन सुरु गरेका तोल्स्तोयले १८५४ बा बाल्यकाल, दुई बर्ष पछि किशोरकाल र युवाकाल संस्मरण उपन्यास लेखेको थियो । क्रिमिया युद्धमा सहभागी भई विभिषिकाले हतास बनाएपछि हर्जेनको सकृयतामा धु्रबतारामा छापिन ।
६०÷६१ मा युरोप भ्रमणमा फ्रान्सका अराजकतावादी जोसेफ प्रुधोँ, भिक्टर ह्युगो र रुसी क्रान्तिकारी अलेक्सान्दर हर्जेनसंग भेटले राजनीतिक विचार सत्य के हो भने राज्य शोषण गर्न मात्र होइन, नागरिकलाई भ्रष्ट बनाउन ल्याइएको छलछाम हो ।
नयाँ जार अलेक्सान्दर दोश्रोको राज्याभिषेक हुँदा डिसेम्बर विद्रोहीहरुलाई आममाफी दिने घाषणा ३० बर्ष साईबेरियाको निर्वासनमा गएकाहरु फर्के । विद्रोही जर्नेल सेर्गेइ भोल्कोन्स्की र स्वनिर्वासनमा साइवेरिया गएका मारिया भोल्कोन्स्काया आप्mनै वर्गको हितविपरीत विद्रोहको उपन्यास अझ रुसी युवाहरुलाई आश्चर्यमा डुबाउँथ्यो । यसरी निर्वासनबाट फर्केकाहरुबाट उपन्यास लेख्ने योजना बनाई भोल्कोन्स्की, त्रुबेत्स्कोइ, मुराभ्योभ, ओब्लेन्स्की, पुशिन, याकुश्किनलगायत धेरै क्रान्तिकरीहरु बारे लेखे ।
उपन्यास पिटर इभानोभिच लाभाजोभ ६ हप्ता लगाएर मास्को पुगेको सन्दर्भबाट उपन्यास सुरु गरी दाजुको सम्पत्ति भाईले हत्याएको र दिदी भेट्न जाँदा छोरालाई सरकारी जागिर र छोरीलाई विवाहको तर्कसंग पिटर सहमत हुँदैनन् । निर्वासनमा बसेका र क्लब र पार्टीमा रमेका समकालीनहरुको दाँजोमा शारीरिक र नैतिकरुपमा चुस्त भएको र डिसेम्बरवादीहरुका संस्मरणहरुमा कसरी सन् १८१२ को नेपालियनविरोधी युद्धले तिनको विचारमा परिवर्तन ल्यायो भन्ने लेखिएको थियो ।
तीन भागमा बाँडेका थिए – पहिलो, विद्रोहको पृष्ठभूमि, दोस्रो, विद्रोहको वर्णन र तेस्रो, साइबेरियामा निर्वासनपछि फर्केका डिसेम्बरवादीहरूको जीवनचर्या । तर, दोस्रो र तेस्रो योजनाअनुसार उनी अगाडि जान नै पाएनन् र विद्रोहको पृष्ठभूमिले नै ‘युद्ध र शान्ति’ तयार भयो ।
सन् १८१२ मा फ्रान्सका तानाशाही शासक नेपोलियनले रुसमाथि हमला गरेर मस्को कब्जा ग¥यो । तर, चर्को हिउँँपरेको अत्यन्त चिसो मौसममा नेपोलियन सेना रुसमा धेरै समय टिक्न सकेन । रुसी सेनाले नेपोलियनको सेनालाई गाउँ गाउँमा युद्धमा फसाएर हारको स्वाद चाख्न बाध्य बनायो । नेपोलियनको सेनालाई लखेट्दै रुसी सेना फ्रान्सको पेरिससम्म पुगे । युद्धकै सिलसिलामा रुसी सेना युरोपका विभिन्न देशमा पनि पुगे ।
रुसका केही खानदानीवर्गका छोराछोरीहरू युरोपका विभिन्न देशका विद्यालय र कलेजमा पनि पढ्थे । युरोप बसाइबाट उनीहरूले उदार राजनीतिक व्यवस्थाका कारण युरोपेली जनता राजनीतिक र सामाजिकरूपले स्वतन्त्र र शिक्षित रहेको देखे । बेलायत, फ्रान्स, अमेरिकी स्वतन्त्रता आन्दोलनका अध्ययनहरूबाट पनि उनीहरू प्रभावित भए । युरोपको प्रजातन्त्र र विकास देखेपछि उनीहरूले आफ्नो देश रुस निरङ्कुश तानाशाही राजतन्त्रको कारण अगाडि बढ्न नसकेको निष्कर्ष निकाले । उनीहरू रुसलाई जारको तानाशाहीबाट मुक्त गरी युरोपको जस्तै उदार शासन व्यवस्था ल्याएर आधुनिक र खुला देश बनाउन चाहन्थे । रुसमा संवैधानिक व्यवस्था लागू गरेर विकासको गतिमा रुसलाई अगाडि बढाउने आकांक्षा उनीहरूले राख्न थाले ।
विदेशी भूमिको अनुभवले सचेत बनेका युवाहरू स्वदेश फर्किएर सन् १८१६ को फेब्रअरीमा मुक्ति सङ्घ र यसैको जगमा सन् १८१८ मा समृद्ध सङ्घजस्ता गुप्त सङ्गठनहरू स्थापना गरेर निरङ्कुश जार शासनको अन्त्य गर्ने प्रयास गरे । हुन त त्यसभन्दा अगाडि सन् १८०५ तिरै पनि युरोपको शक्ति सन्तुलन र जनताको अधिकारबारे रुसका कुलीन युवाहरूले चर्चा चलाइसकेका थिए । “रसियाजस्तो शक्तिशाली तर बर्बर राष्ट्रले युरोपमा शक्ति सन्तुलनको लक्ष्य लिएका राष्ट्रहरूको नेतृत्व गरोस् । यस्तो राष्ट्रले नै संसारलाई विनाश हुनबाट बचाउन सक्छ ।” भन्ने धारणाहरू कुलीन परिवारका युवाहरूमा उठ्न थालिसकेको थियो ।
निरङ्कुश तानाशाही जारकालीन रुसमा करिब ८० प्रतिशतभन्दा बढी जनता भूदासको रूपमा रहेका किसानहरू थिए । भूदासहरूलाई सामन्तहरूले जमिनको सानो टुक्रामा बस्न दिएर बिना ज्याला आफ्नो सबै काम गर्न लगाउँथे । यसले गर्दा किसानहरूको अवस्था अत्यन्त दयनीय थियो । भूदास प्रथाको कारण रुसको खाद्यान्न उत्पादन ओरालो लागेको थियो । भूदासहरूलाई जारले आफ्नो स्वार्थको निम्ति शान्तिको समयमा खेतमा काम लगाउने र युद्धको समयमा सेना बनाएर लड्न पठाउँथ्यो । नेपोलियनको सेनाविरुद्ध रुसका भूदासहरू सम्मिलित रुसी सेनाले बहादुरीपूर्वक लडे । यसकारण, खानदानी युवा सिपाहीँ र जर्नेलहरूमा भूदासलाई मुक्त गरी उनीहरूको आर्थिक जीवनमा परिवर्तन ल्याउन विद्यमान ऐन कानुनलाई फेरबदल गर्नुपर्छ भन्ने भावना जागृत भयो । उनीहरूले भूदासहरूको मुक्तिको निम्ति सङ्घर्षलाई अगाडि बढाए । शोषणको जाँतोमा पिसिएका भूदासहरूलाई मुक्त गर्न विद्रोह गरे । तर, विद्रोह विफल भयो । विद्रोह असफल भएपछि रुसका भूदासहरूले मुक्तिको निम्ति अर्को ३५ वर्ष कुर्नु प¥यो । सन् १८६१ मा मात्रै भूदासहरूको मुक्तिको घोषणा भयो । मुक्तिको घोषणाबाट किसानले आफुले जोती आएको जग्गाको केही भाग किन्न पाउने भयो । राज्यले जग्गाको मूल्य किसानलाई ऋणको रूपमा ४९ वर्षको किस्ताबन्दीमा फिर्ता गर्नुपर्ने व्यवस्था ग¥यो । कुलीनवर्गलाई यसबाट केही घाटा भएन तर किसान भने अनावश्यक ऋणको भारी बोक्न बाध्य भए । यो केवल छलछाम थियो । यसले किसानहरूमा असन्तोष फैलियो । यही असन्तोष नै जारविरोधी सङ्घर्षको बीउ बन्यो ।
पुस्तकमा विभाजन गरिएका १२ अध्यायहरूमा उही घटना र प्रसङ्ग धेरै ठाउँमा दोहोरिँदा पाठकहरू अलमलमा पर्नु स्वाभाविक हो । सायद हतारमा पुस्तक प्रकाशन भएकोले ठाउँ–ठाउँमा मुद्रण गल्तीहरू देखिन्छन् ।
पुस्तकमा चर्चा गरिएअनुसार डिसेम्बर विद्रोहपछि जन्मिएका लेभ टोल्सटोयको विश्वविख्यात उपन्यास ‘युद्ध र शान्ति’ यही डिसेम्बर विद्रोहसँग साइनो राख्छ भन्ने जानकारीको रहस्योघाट्न यो पुस्तकले गरेको छ ।
पुस्तक आकारमा सानो छ, तर यसले दिएको विवरण अति गहकिलो र महत्वपूर्ण छ । यस पुस्तक प्रकाशनले नेपालको समाजवादी आन्दोलन र परिवर्तनको लागि होमिने जो कोहीलाई नयाँ ऊर्जा दिनुको साथै दिशा निर्देश पनि गर्छ । त्यसैले, नेपालको कम्युनिस्ट आन्दोलनको साहित्यको भण्डारमा यो पुस्तक एक गहकिलो खुराक हुने आशा गर्न सकिन्छ । त्यसैले, लेखक भुलक्कड र प्रकाशक नेपाल क्रान्तिकारी युवा सङ्घलाई साधुवाद ! धन्यवाद !













