रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने सांसद सुवाल
२७ फाल्गुन भक्तपुर | नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्लाको तेस्रो अधिवेशनको उद्घाटन मनानिय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्वोलित गरि गर्नुभयो | प्रमुख अतिथि सुवालले मानिसलाई विभिन्न कारण रोग लाग्ने भएकोले रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने र पिडितहरुलाई आवस्यक अनुसार स्वाथ्य उपचार पाउन निति निर्माण तहमा पुग्ने मानिसहरु स्वच्छ र जनताको भावना बुझ्ने हुनुपर्ने विचार राख्नु भयो | राज्यको जनता प्रति स्वास्थ्यमा सहि कानुन नहुँदा रोग लागेपछि उपचार गर्न घर-खेत बेच्न बाध्य भएर जनता सडकमा आउन बाध्य भएको कुरा बताउनु भयो | सत्तामा जाने शाशक हरु कमजोर हुँदा भारतले नागरिकता विधेक पास नगरेको निहुमा किसनलाइ चाहिने मल पथाएन | ठूलो दलहरुको सत्ता मोहले गर्दा MCC को दफा ५ मा नेपाल अमेरिकी कानुनको अन्डरमा बस्नुपर्ने बुदा भएता पनि विभिन्न वाहना गरि MCC पास भएको कुरा प्रस्ट पार्नु भयो | नयाँ राष्ट्रपति सपथ नलिएकै वेला पशुपति जाँदा पूरा सडक जाम भएकोले ठूलो पार्टीहरुले मूखले जे भनेता पनि व्यवहारमा देखाउन नसकेको कुरा प्रस्ट पार्नु भयो |

कार्यक्रममा विशेष अतिथि प्रेमसगर कर्माचार्यले जनतालाइ रगतको अभाव भएपछि यस समाजको जन्म भएको कुरा प्रस्ट पर्नुभयो | आज ३८ वटा जिल्लामा शाखा विस्तार भइ सकेको कुरा बताउनु भयो | समाज भएपछी रगतको व्यवस्थापान र आपुर्तिमा सहज भएको कुरा बताउनु भयो | नि:शुल्क रुपमा रक्तदाताले दिएको रगत सेवाग्राहीले नि: शुल्क रुपमा पाउन निरन्तर लागिरहनु पर्ने कुरा बताउनुभयो |
भक्तपुर जिल्ला तेस्रो अधिवेशन समितिका संयोजक मुक्ति सुन्दर जधारीको सभापतित्व भएको कार्यक्रममा प्रहरी उपरिक्षेक परजित के सी ले रगतको सम्बन्ध संसारमा सब भन्दा ठूलो र रक्तदान गर्नु भनेको महादान भएको कुरा प्रस्ट पर्नुभयो | तेस्तै भक्तपुर ब्लड बैंकका प्रमुख श्री कृष्ण प्रजापतिले रगतको महत्व र आवस्यकता बारे प्रस्ट पार्नुभयो | नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुरका अध्यक्ष नबिन महर्जन, शिव प्रशाद बाला, इ. सध्दाम बालाले पनि बोल्नु भएको थियो |
अधिवेशन बाट इ. सध्दाम बालाको अधक्ष्यतामा निम्न अनुसार १५ सदस्यीय कार्यसमिति सर्वसहमति चयन भयो | उपाध्यक्ष प्रमेस्वर जोशी, सचिव सुरेश त्वनाबासु, सह-सचिव रियाज कर्माचार्य, कोषाध्यक्ष साजनमान लाखा, सदस्यहरुमा रोशिका जधारी, क्रिजन कर्माचार्य, चन्द्र प्रजापति, डा. निरज खत्री, रुपा भुजु, केबिन वासींछ्याक,उत्तम कृष्ण श्रेष्ठ , चन्द्र कृष्ण श्रेष्ठ, रेश्मा तमखु र सन्देश सुवाल हुन् |
अधिवेशनको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला सहित १९ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो | रक्तादनाको उद्घाटन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्य्क्ष प्रेम सगर कर्माचार्य( १७३ पटक रक्तदान गर्नु हुँने शतक रक्तदाता )ले ब्लड बाग हस्तातर गरि गर्नुभएको थियो |












