मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानमा डा। माधव सुन्दर मल्ल ।

मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानमा डा। माधव सुन्दर मल्ल ।
भक्तपुर, २२ बैशाख
मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानको २५ औं बार्षिकोत्सव ९रजत महोत्सव० एवम् साधारण सभा तथा अधिवेशन भक्तपुरको सल्लाघारी स्थित नेवास् ननि रेष्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ । उक्त अधिवेशनले डा।माधव सुन्दर मल्लको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सदस्यहरूमा क्रमशः प्रा।डा।राजाराम प्रधानाङ्ग, विजय शंकर प्रधानाङ्ग, राजेश भगत प्रधानाङ्ग, अनिल मल्ल, मृगेन्द्र बहादुर प्रधानाङ्ग, कृष्ण बहादुर प्रधानाङ्ग, राजेश चन्द्र प्रधानाङ्ग र दिनेश प्रसाद प्रधानाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।


कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वरिष्ठ राजनितिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ूमल्लकालीन कला, संस्कृति र सम्पदा विश्व सामु राष्ट्रकै गौरवको रूपमा रहेको सशक्त पहिचान र राष्ट्रियता भएको ू बताउनुभयो । शुभकामना मन्तव्यकै क्रममा अतिथिहरू राजुमृगेन्द्र जोशी र ई। शंकर कृष्ण मल्लले ू पुर्खाको धरोहरको रूपमा रहेको अनुपम कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वर्द्धन कार्य सबैको दायित्व भएको र भावी पुस्तालाई त्यसको जानकारी गराई दायित्वबोध गराउने कार्यमा प्रतिष्ठान लागिपर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
सोही समारोहमा प्रमुख अतिथि नारायणमान बिजुक्छेंले प्रतिष्ठानको मुखपत्र ूतलेजुू स्मारिकाको पाँचौ अङ्कको सार्वजनिकिकरण गर्नुभयो भने इ। प्रचण्डमान मल्ल, तलेजु स्मारिकाका अतिथि सम्पादक राजुराम मुनंकर्मी र शैक्षिक कोषका दाताहरू अशोक मल्ल, अनुप मल्ल र दिपक मल्ललाई सम्मान गर्नुभयो ।
त्यसैगरी प्रतिष्ठानले वर्षेनी प्रदान गर्दै आईरहेको जेहेन्दार छात्रबृत्ति यो वर्ष क्रमशःअञ्जलि प्रधानाङ्ग ९द्यद्यब्०, अर्पण प्रधानाङ्ग ९१२ कक्षा० अयुषा प्रधानाङ्ग ९द्यक्ऋ।ऋक्क्ष्त् ० करिषा प्रधानाङ्ग ९द्यक्ऋ ऋक्क्ष्त् ० ,कृतिषा प्रधानाङ्ग ९क्भ्भ्०, रूहाना प्रधानाङ्ग ९कक्षा ३०, स्मृति प्रधानाङ्ग ९कक्षा ३० , युविन प्रधानाङ्ग ९कक्षा ९० , विधानिका अधिकारी ९कक्षा ११० ,सौगत राज श्रेष्ठ ९क्भ्भ्० र श्रेयषी मास्के ९कक्षा ६ ० लाई प्रदान गरिएको छ ।
कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि, अतिथि र प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूलाई उपाध्यक्ष प्रा।डा। राजाराम प्रधानाङ्गले स्वागत गर्नुभयो भने सदस्य उत्तम नारायण मल्लले कृतज्ञता ज्ञापन गर्नुभयो ।
इ। सुदिप हाडाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महासचिव विजय शंकर प्रधानाङ्गले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजेश भगत प्रधानाङ्गले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सोही समारोहमा आकर्षणको रूपमा रहेको परम्परागत नृत्य ूकुमारी नृत्य ू को प्रदर्शन र नेपाल मुद्रक संघबाट मल्लकालीन मुद्राहरू समेतको प्रदर्शन गरिएको थियो भने रक्तदान कार्यक्रमका जम्मा २१ जना सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।