पोखराका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत

पोखराका व्यवसायीहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर चेम्बर अफ कमर्सले पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यामनाथ पौडेलको नेतृत्वमा भक्तपुरको भ्रमणमा आएको टोलीलाई संस्थाको सचिवालय, सल्लाघारीमा एक कार्यक्रमका बीच स्वागत ग¥यो ।

सो अवसरमा भ्रमण टोलीलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले संस्थागत सम्बन्ध अभिवृद्धि एवं व्यापार प्रवद्र्धनमा अध्ययन अवलोकन भ्रमणले महत्वपूर्ण टेवा पुग्ने बनाउनु भयो । साथै वहाँले दुई वटै संस्थाको संयुक्त पहलमा लगानीका नयाँ अवसरहरु पहिचान गर्न सकिनेमा पनि जोड दिनु भयो ।

भ्रमण टोलीको नेतृत्व गर्नु भएका पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष्ँ श्री यामनाथ पौडेलले जिल्ला चेम्बर अफ कमर्सहरु जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुनु पर्ने बताउनु भयो । व्यवसायिक समस्या समाधान र हकहितका विषयमा जिल्ला नगर चेम्बरहरुको भूमिका महत्वपूर्ण हुने वहा“ले बताउनु भयो ।

सो क्रममा आफ्नो मन्तव्य राख्नु हुंदै नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकारश्री रोशन भोयद्योले हालका दिनहरुमा हरेक जिल्लाहरुमा जिल्ला नगर चेम्बर अफ कमर्सहरु उद्यमी व्यवसायीहरुको छाता संगठनका रुपमा विकास हुदै आउनु राम्रो पक्ष रहेको बताउनु भयो । साथै जिल्ला नगर चेम्बर अफ कमर्सहरुले स्थानीय निकाय एवं सरकारी निकायहरुमा विकास निर्माणको एक सक्रिय साझेदारको रुपमा छृुट्टै पहिचान बनाउन सफल भएको समेत बताउनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास धौबजी श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भक्तपुर चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत श्री राजुमान बज्राचार्यले संचालन गरेको उक्त कार्यक्रममा संस्थागत विकास, व्यापार प्रवद्र्धन लगायतका विषयहरुमा दुवै जिल्लाका व्यवसायीहरुबीच छलफल भएको थियो । भ्रमण टोलीमा पोखरा चेम्बर अफ कमर्स, कास्कीका पदाधिकारी, कार्यसमिति, महिला उद्यमी व्यवसायी सदस्यहरु गरी ११ जनाको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले जानकारी दिनु भयो ।