सरुवा रोग रोकथाम नियन्त्रण बारे भक्तपुरका सरोकारवालाहरु बीच छलफल

सरुवा रोग रोकथाम नियन्त्रण बारे भक्तपुरका सरोकारवालाहरु बीच छलफल
भक्तपुर, असार २४ गते
स्वास्थ्य कार्यालय भक्तपुरले महामारीजन्य रोग रोकथाम नियन्त्रण तथा निगरानीका लागि स्वास्थ्यकर्मी तथा सरोकारवाला समूहसँग आज एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । हैजा र कोरोना संक्रमण बढी रहेको बेला के कसरी संक्रमणको पहिचान, उपचार र रोकथाम नियन्त्रण तथा निगरानी गर्ने भन्ने सवालहरुमा सरोकारवालाहरुलाई परामर्श दिन्दै छलफल गरेका हुन ।
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुका प्रतिनिधीहरुको सहभागितामा भएको सो अन्तरक्रियामा कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जिल्लाको संक्रामक रोगहरुको अवस्था बारे जानकारी दिदै समुदायमा फैलन नदिन स्वास्थ्यकर्मीहरु एकजुत भएर लाग्नुपर्नेमा जोड दिनु भयो । हालै भक्तपुरमा देखिएको हैजा संक्रमण जस्तै संक्रामक रोगको पहिचान र रिपोर्टिगमा भए गरेको जस्तो त्रुटी हुन दिन ध्यानाकर्ण गराउनु भयो ।


कार्यक्रममा डाक्टर सागर राज भण्डारीले रोगहरुको संक्रामकताको विश्लेषण गर्दै नेपालमा कोरोना संक्रमण बढेपछि पहिलो पटक आफैले कोरोना विरुद्धको खोपको भ्रम चिर्न खोप लगाएको स्मरण गर्दै संक्रमक रोगहरुको पहिचान र रोकथाम बारे प्रस्तुतीकरण गर्नु भयो भने स्वास्थ्य कार्यालय भक्तपुरका सरुवा रोगका इन्चार्ज दिपक अछामीले सरुवा रोगमा स्वास्थ्यकमीको भूमिका बारे चर्चा गर्नु भयो सो अवसरमा ल्याबटेकनिसियन योगिता खानालले संक्रामक रोगहरुको नमूना संकलन र परिक्षण बारेमा जानकारी गराएका थिए ।
खुल्ला खानपिन, फोहर खानेपानीका कारण सरुवा रोग गत वर्ष भन्दा यस वर्ष बढेको पाइएकाले व्यक्तिगत सरसफाईमा समुदायलाई सचेत पार्नुपर्ने विषयमा पनि सो अवसरमा सहभागिहरु बीच छलफल भएको थियो ।