व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या शनिबार सम्पन्न भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो ।
समापन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्ने बताउनुभयो । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भनाई उहाँले राख्नुभयो ।





उहाँंले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिनुभयो । राजनीतिक गतिविधिमा लाग्ने व्यक्तिले आफ्नै अनुभव र अनुसन्धानबाट सिक्नुपर्ने उहाँंको भनाई छ । उहाले राजनीति गर्दा अरूको भनाइमा मात्रै भर नपरी आफैँले दुःख गरेर, अध्ययन गरेर र व्यवहारमा अनुभव हासिल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीको सदस्य हुँदैमा मात्र राजनीतिक क्षमता पुष्टि नहुने उल्लेख गर्दै उहाले व्यक्तिको योग्यता, ज्ञान, अनुभव र काम गर्ने क्षमतालाई हेर्नुपर्ने धारणा राख्नुभयो । बिजुक्छेका भनाईमा राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्ने विषयलाई जोड दिएको छ । उहाँले हरेक व्यक्तिको आ अफ्नो व्यक्तित्व अनुसार सीप र क्षमता हुने र त्यस्ता सीपहरुलाई जनपक्षमा उपयोग गर्न संधैं प्रयत्नरन रहनु पर्ने विचार व्यक्त गर्नुहुँदै भारतीय साहित्यकार प्रेम चन्द, चिनियाँ साहित्यकार लुशुन कुनै राजनैतिक दल आबद्ध व्यक्तिहरु थिएनन् तर संधैं देश र जनताको पक्षमा साहित्य रचना गरे भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले साहित्य नपढ्ने र नबुझ्ने मान्छे पशु सरह हुन्छ भन्ने गरेको छ भन्नुहुँदै विश्वका विभिन्न देशका जनताहरुको जीवन पद्दति बुझ्न, कला,संस्कृति बुझन्, त्यहाँको भूगोल र वातावरणबारे स्पष्ट हुन विदेशी साहित्य पढ्नु पर्छ भन्नुभयो । उहाँले अर्काको भरमा बाँच्न हुन्न आफैले सिकेर योग्य बन्नु पर्छ । नेपालभाषा, नेपाली भाषा, अंग्रजीभाषा जुनसुकै भाषा बोलेपनि शुद्ध बोल्न जान्नुपर्छ । भाषाको शिष्टता उपयोग गर्न सक्नुमा मानिसको सम्भयता झल्कने भएकोले भाषा र साहित्यको निरन्तर अध्ययन हुनुपर्छ भन्नुभयो । त्यस्तो भएन भने भविष्यमा शक्ति राष्ट्रहरुबाट कुनै किसिमले हमला गरेको खण्डमा देश नै गुम्न पुग्नेछ भन्नुभयो । त्यसैले हरेक युवा विद्यार्थीहरु कुनै न कुनै खेलकूदमा संलग्न भइ आफ्नो स्वास्थ्यलाई दुरुस्त बनाइराख्नु पर्छ भन्नुभयो । विद्यालयतहदेखिको शिक्षा विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा अब्बल बनाउनुपर्छ भन्नु भयो । वैदेशिक रोजगारमा देशका युवाहरु जाने क्रम बढेको सन्दर्भमा का. रोहितले विदेशीहरुलाई फाइदा नहुनगरीकहिले पनि नेपालीलाई काम दिन्दैन यसले देशको अर्थतन्त्र र नेपाली समाजको यावत सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर पारिरहेको सन्दर्भ प्रस्तुत् गर्नुभइ अहिलेको सरकारले पनि यसमा बढावा हुने काम र व्यबहार भइरहेकोबाट यो पनि विदेश दलाल सरकार नै सावित हुँदैछ भन्नुहुँदै उहाँले नेपालको अहिलेको सरकार अमेरिका र इजरायलको दलाल सरकार हो । भौतिक वस्तु विदेशमा विक्रि गर्नु र मानव संसाधन विदेशमा पठाउनु अत्यन्त फरक विषय वस्तु हुन् मानिसलाई वस्तुको रुपमा हेर्नु गलत छ भन्नुभयो । देशमा आमाबुबा अन्त्यन्त गम्भिर विरामी हुँदा र मृत्यु हुँदा समेत छोराछोरी स्वदेश फर्कन नसक्नु गम्भीर विषय हो भन्नुहुँदै आज अभिभावकहरुले आफ्ना छोराछोरीलाई अमेरिकालाई सपनाको देशको रुपमा ऋण काँढेर पठाइरहेको छ जुन अत्यन्त भ्रमपूर्ण कुरा हो भन्नुहुँदै प्रतिक्रियावादी दलहरु ने.कां. एमाले जस्ता दलहरुले अमेरिका लगायत पूँजीवादी देशहरुलाई सपनाको देश भनी भ्रम छर्ने काम गरेको दोष लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो ७० वर्षपूरा भएका जेष्ठ नागरिकहरु पनि आफूले सकेको काम गरेर शरीरलाई ताजा र स्फूर्ति बनाइ रहनु पर्छ भन्नुभयो । देशमा दशकौं राज गर्ने दलहरुले मित्रदेशहरुले उपहार स्वरुप बनाइदिएका चीनी कारखाना, रबर उद्योग, चुरोट उद्योग, कागज उद्योग जस्ता उद्योगहरु कौडीको मोलमा विक्री गरे, मित्रदेशहरुले नेपाली जनता सुखको लागि सहुलियतमा प्रदान गरेका चिजहरु भारतमा बेच्ने दलाली गर्ने जस्ता काम गरेकै कारण अहिलेको स्थिति पैदा भएको बताउनु भयो । उहाँले अन्तमा राजनीति भनेको देश र जनताको हितमा काम गर्नु र जनहितका लागि छलफल गर्नु, नेतृत्व गर्नु हो भन्नुहुँदै जनताका नेता कार्यकर्ताहरुले जनतालाई वास्तविक सहकारीहरु र ठग सहकारी चिन्न सक्न बनाउन नसक्दा सहकारी ठगहरुले जनताको बचत ठगी गरेर भागेको हो भन्नुभयो र समाजमा राम्रा र नराम्रा दुबै खाले मानिसहरु हुने र त्यस्तो मानिसहरुको पहिचान गरी अमेरिका जस्तो पिछलग्गु बन्ने मानिसहरु र दलहरुदेखि जनतालाई सचेत पार्नु पनि जनताका कार्यकर्ताहरुको दायित्व हो भन्नुभयो ।
त्यस्तै गरी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले हालै भएको एउटा सर्वेक्षणमा ७० प्रतिशत सहभागीहरुले देश गतल बाटोतिर गइरहेको छ भनेका छन् । देशघाटी कार्यहरु विगत ३५ वर्षदेखि निरन्तर भइरहेकोमा अहिले पनि कुनै पनि किसिमले नरोको कुरा बताउनु भयो । उहाँले देशघाती कार्यहरु हुँदा भक्तपुरदेखि काठमाडौंसम्म पैदल ¥याली गरी विरोध गरेको विषय चर्चा गर्नुहुँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले २०५४ सालमा एक घर एक स्नातक बनाउने घोषणा भएको थियो तर अहिले भक्तपुरमा एक घर एक स्नात्तकोतर नै भइसकेकोमा खुशी व्यक्तगर्नुभयो । नेमकिपा देश र जनताको पक्षमा राजनीति गर्न कहिले पनि पछि नपरेको चर्चा गर्नुहुँदै श्री सुवालले २०५९ सालमा प्रतिगमन विरोधी आन्दोल गर्दै दोस्रो जनआन्दोलनमा सहभागी भएको र २०६३ देखि २०७२ सम्म जनपक्षीय संविधान लेखाउन हरतरह प्रयास गरेको र संविधानमा ७०÷८० वटा बुँदाहरुमा संशोधन गर्नुपर्ने हाम्रो संशोधन प्रस्तावलाई शासक दलहरुले बेवास्ता गरेकै कारण आजको परिणाम आएको हो भन्नुभयो । नेमकिपाले भारतीय एकाधिकार पूँजीको निरन्तर विरोध गर्नेक्रममा संसदमा ल्याइएको लगानीबोर्ड विधेयकको तीब्र विरोध गरेको बताउनुभयो । कुनै पनि दृष्टिकोणले देशहित विपरित रहेको एमसीसीको नेमकिपाले सुरुदेखि विरोध गरेको र त्यही एमसीसीका समर्थक र देशको प्रधानमन्त्री पद लिनकै लागि देशलाई भारती प्रान्त बनाउन र दक्षिण एशियामा मोदी डक्ट्रिन लागू गर्नुपर्ने विचार राख्ने वर्तमान अर्थमन्त्री हुन् भन्नुभयो । शासन सत्तामा निरन्तर सहभागी हुँदै आएकाहरु ३५ वर्षसम्म शासन गरे पनि देशको सेना, प्रहरी, गुप्तचरविभागलाई आफ्नो मातहतमा राख्न नसकेकोकुरा प्रमाणित भइसकेको छ भन्नुभयो ।
सम्मेलनको दोस्रो दिन शनिबार किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वांङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगद सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
प्रमुख अतिथि नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले साहित्य तर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारहरुलाई पुरस्कार वितरण गर्नुभयो । निर्णायक मण्डलको निर्णय अनुसार कविता तर्फ शकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएको हो भने कथा विधातर्फ कमलकेशरी थुयाजू, सूर्यनारायण फाँजू, श्रीया पहिजू र एलके सुन्दर क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो ।
यसअघि पहिलो दिन आज तःमुंज्याको मुखपत्रको रुपमा प्रकाशित तःमुंज्या ख्वपौंको विमोचन प्रमुख अतिथि नारायणमान विजुक्छेंले गर्नुभएको थियो भने हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो भने से सोही तःमुंज्या दबुलीमा युवा कवि दामोदर सुवाल, २०८२ सालके मदन पुरस्कार प्राप्त ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखिका विणा जोशी र वरिष्ठ नर्श दयालक्ष्मी जोशी (बैद्य) विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । पहिलो दिनको सभापति इभा कंशाकार रहेका थिए ।
दोश्रो दिनको कार्यक्रममा इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशी, लगायतले मन्तव्य व्यक्त गर्नुभयो । वक्ताहरूले भाषा, साहित्य, संस्कृति, सामाजिक अवस्था तथा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या मु गुथिका सचिव नरेश खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले स्वागत गरेको कार्यक्रमको सभापतित्व ‘न्हुजः वापौ’का सम्पादक महन्त महर्जनले गर्नुभएको थियो । आयोजक समितिका कोषाध्यक्ष कृष्णगोविन्द लाखाले सम्मेलनको आय–व्यय प्रस्तुत गर्नुभएको थियो भने आयोजक समितिका सचिव पुरुषोत्तम ग्वाछाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए । नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकहरूले पनि रचना वाचन गरेका थिए ।
साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए । साहित्यिक र सांस्कृतिक गतिविधिमार्फत समसामयिक राजनीतिक तथा सामाजिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई अभिव्यक्त गरिएको थियो ।
चार दशकभन्दा लामो इतिहास बोकेको तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, साहित्य सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको आयोजक समितिले जनाएको छ । भाषा र संस्कृतिको संरक्षणसँगै साहित्यिक गतिविधिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाइ छ । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याका अध्यक्ष उकेश कवांले सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको जानकारी दिनुभयो ।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उदघाटन शुक्रबार सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका थिए । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउँदै आएको आयोजकले जनाएको छ ।
सम्मेलनको पहिलो दिन पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहित, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारहरूले मन्तव्य राख्नुभएको थियो ।














