पत्रकारको न्यूनतम पारिश्रमिक सरकारी र ठूला मिडियाबाट गर्ने: खड्का

पत्रकारको न्यूनतम पारिश्रमिक सरकारी र ठूला मिडियाबाट गर्ने: खड्का
भक्तपुर, असार २४गते
नेपालका पत्रकारहरुले न्यूनतम पारिश्रमिक लिन ढिला भएको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले गुणस्तरीय पत्रिकारिताका लागि पत्रकारहरु थप सक्षम पनि हुनुपर्नेमा जोड दिनु भयो । जागिरे हिसावले नभई जहिले पनि खत्न सकिने गरी पत्रकारहरुले आफ्नो क्षमतावृद्धि गर्न आवश्यक भएको भन्दै उहाँले क्रमसः सरकारी र ठूला मिडियाहरुबाट न्यूनतम पारिश्रमक कार्यान्वयन गर्दै साना मिडियाहरुमा पनि कार्यान्वयन गर्न पहल गर्ने बताउनु भयो । ठूला मिडियाहरु मै समस्या रहेको उल्लेख गर्दै तिनीहरुबाटै कार्यान्वयनको खाँचो औल्याउनु भयो । २७ वर्ष अघि नै कानुन बनेपनि १४ वर्ष देखि समितिहरु बन्न थाले पनि अहिलेसम्म पूर्णरुपमा न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्नुमा पत्रकारहरुको पनि कमजोरी भएकाले काम गर्दा नियुक्ती पत्र लिएर मात्र काम गर्न आग्रह गर्नु भयो । सो कार्यक्रममा समितिका सदस्य गोपाल तिवारी, ऋषिकेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका निर्वतमान अध्यक्ष पुस्कर बुढाथोकीले पनि नेपाली मिडियाका पत्रकारहरुको न्यूनतम पारिश्रमिकको अवस्था, चुनौती र भावी रणनीति बारे चर्चा गर्दै विभिन्न मिडियाका पत्रकारहरुले सो अवसरमा ब्यक्त गरिएका पत्रकारिता र न्यूनतम पारिश्रमिकका समस्या गुनासाहरुको सुनुवाई गरेका थिए ।


नेपाल पत्रकार महासंघ भक्तपुर शाखासँगको सहकार्यमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक जिस्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका कार्यबाहक अध्यक्ष सुन्दर सिल्पकार, सचिव संजिब सुभन्तिक, पत्रकार पेसल आचार्य, लक्ष्मि गारु, कृष्ण किसी, सुरेश संैजूले पनि बोल्नु भएको थियो ।