लोकेश्वर साकोसको १२  वार्षिक साधारणसभा सम्पन्न, कलात्मक र संस्कृति झल्कने घर निर्माणमा जोड

भक्तपुर, पुस १९ गते | लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १२  वार्षिक साधारण सभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त सभामा आफ्नो बोल्दै प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिका सबै अन्य ठूला नगरपालिकाहरु भन्दा नमुना नगरपालिकाका रुपमा स्थापित हुन सफल रहेको कुरा राख्नु भयो । साथै भक्तपुर नगरपालिकाले भक्तपुर नगर भित्र हुने कलात्मक र संस्कृति झल्कने घर निर्माणमा दिने विभिन्न सहुलियतका विषयमा प्रस्टपार्दै नक्सापासमा पर्ने विभिन्न मापदण्ड अनुसारमात्र घर निर्माण गर्र्नुपर्ने कुरा बताउनु भयो । भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको हु“दा यसबाट भक्तपुरका जनताले मात्र नभै सम्पूर्ण देशभरीका विद्यार्थीहरु नै लाभान्वित भएको बताउनु भयो । नपाले भक्तपुरलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न तथा नेपाल भ्रमण बर्ष २०२० मा पर्यटकलाई सुविधासम्पन्न होटल निर्माण, दैनिक सा“स्कृतिक गतिविधि गर्ने तथा आवश्यक पूर्वाधारहरु निर्माणमा लागेको बताउनु भयो ।


भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी लक्षित विभिन्न गतिविधहरु गर्दै आएको र सहकारीको अनुगमन तथा निरिक्षण गरि आवश्यकता अनुसारको सल्लाह सुझाव दिदै आएको बताउनु भयो । साथै उहा“ले भनपाले गर्दै आएका विभिन्न विकास निर्माण कार्यहरुबारे चर्चा गर्नुभयो । भनपाका पूर्वं जननिर्वाचित वडा अध्यक्ष रविन्द्र खर्बुजाले विकास निर्माणको नाममा आएका विभिन्न शर्तसहितको विदेशी लगानीले देशलाई परनिर्भरमात्र नभई देश नै विदेशीको हातमा पर्न सक्ने खतरा रहेको औल्याउनु भयो । सहकारीले जनताको आर्थिक पहु“चलाई सवल बनाउने भएकोले त्यस्ता विदेशी लगानीलाई निरुत्साहि बनाउन भूमिका खेल्नुपर्ने बताउनु भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले जनताले समुदायमा आधारित सहकारी र नाफामूखि सहकारी चिन्न सक्नुपर्ने बताउनु भयो । गैर समुदायमा आधारित सहकारीहरुले सोझासिधा जनताको मिहिनेतको रकम कुम्ल्याई भाग्दा दुख भोग्नु परेको बृस्तान्त पेश गर्दै त्यस्ता सहकारीहरु अहिले पनि धेरै रहेकोले सजग हुन सचेत पार्नुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका डा. पुण्यराम खर्बुजाले भक्तपुर क्यान्सर अस्पतालको अनियमितता र वर्तमान अवस्थाको बारेमा प्रष्ट पार्नु भयो भने क्यान्सर सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण प्रस्तत गर्नुभयो । मित्र सहकारीको तर्फबाट सिद्धिगणेश साकोसका अध्यक्ष राजन लाखाजु, तलेजु साकोका संचालक सुन्दरीमैया गोराले शुभकामना मन्तव्य राख्नुभयो ।
सभाले सचिव कृष्णराम तुकंबन्जारको बार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा प्रस्तावहरु, कोषाध्यक्ष पुण्यराम स्व“गमिखाको आर्थिक प्रतिवेदन र आ.व. २०७६÷७७ को अनुमानित बजेट तथा लेखा सुपरिवेक्षणका संयोजक लक्ष्मीभक्त दुवालको प्रतिवेदन पारित गरियो ।
आ.व. २०७५÷७६ सम्मका जेष्ठ सदस्यहरु, अधिक शेयर खरिदकर्ता, असल बचतकर्ता, असल बाल बचतकर्ता, असल ऋणीहरु र कसिमला पाय“का विजयी खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रम संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको थियो भने उपाध्यक्ष प्रनेश बाटी र श्यामसुन्दर मातांले पनि बोल्नु भएको थियो ।