आर्दश आजादमा ४ दिने विपद् व्यवस्थापन योजना सम्बन्धि तालिमसँगै विपद् प्रतिकार्य योजना निर्माण
भक्तपुर, भाद्र १६ गते
आर्दश आजाद मावि भेलुखेल भक्तपुरमा ४ दिने विपद् व्यवस्थापन योजना सम्बन्धि तालिमसँगै विपद् प्रतिकार्य योजना निर्माण गरेको छ । ४ दिने विपद् व्यवस्थापन योजना सम्बन्धि तालिममा सहभागि शिक्षक, अभिाबक र विद्यार्थीहरु बीच ब्यापक छलफल गरी विपद् प्रतिकार्य योजना निर्माण गरेका हुन । निर्माण भएको विपद् व्यवस्थापन सम्वन्धि योजनालाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिएर जोखिम व्यवस्थापन गर्ने तयारी रहेको विद्यालयका सह प्राचार्य चक्रबहादुर चकतुले बताए । भूकम्प र बाढीको जोखिमलाई प्राथमिकतमा राखेर विद्यालयको विपद् व्यवस्थान विषयक ४ दिने गोष्ठी आज सम्पन्न गरेका हुन् । विद्यालयका प्राचार्य श्रीकृष्ण किसीको सभापतित्वमा आज भएको तालिम समापन कार्यक्रममा तालिमका सहजकर्ता मनुका विष्टले विद्याय व्यवस्थापन समितिलाई उक्त योजना हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांको प्रमुख आतिथ्यतामा भएको सो तालिममा २५ जना विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावकहरुको सभागिता रहेको विद्यालयले जनाएको छ भने सो अवसरमा सहभागिहरुलाई प्रमाण पत्र वितरण समेत गरेको थियो । तालिममा अध्यक्ष कवांले विद्यालय सबैको सामुदायिक संस्था भएको उल्लेख गर्दै विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी सुरक्षितका साथ रहन सक्नुपर्नेमा जोड दिनु भयो । विपद्को समयमा पनि सबैलाई सुरक्षित गर्न भवन, बगैचा, खुल्ला बगैचा पार्किङ, प्राथमिक उपचारको व्यवस्था आदिको बन्दोवस्त हुनुपर्ने बताउनु भयो । आपद्विपद्को समयमा विद्यालयलाई स्थानीय वासिन्दाहरुले समेत उपयोग गर्न सकिने बताउँदै उहाँले नियमित रुपमा मर्मत सुधार गर्ने, सरसफाई गर्ने, विद्युत, खानेपानी, सञ्चारको पर्याप्त मात्रामा व्यवस्था हुनुपर्दछ भन्नु भयो । कार्यक्रममा शिक्षक चक्रबहादुर चकतु र विमल प्रधानले पनि बोल्नु भएको थियो ।












