भक्तपुर, ९ श्रावण । भक्तपुर जिल्लाका बक्सिङ खेलेमा आवद्ध पूर्व एवम् बर्तमान खेलाडीहरुले गुरु पूर्णिमा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा एक समारोह बीच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले गुरु भनेको अँध्यारोबाट उज्यालो तर्फ लाने भएकोले गुरु भनि परिभाषित गरिराखेको बताउँदै खेलकुदलाई खेलाडीहरुले खेललाई आफ्नो जीवनको अभिन्न अङ्गको रुपमा लानु पर्ने बताउनु भयो । उहाँले हाम्रो जस्तो विकासोन्मुख देशले ठूल–ठूलो देशलाई युद्धबाट जित्न नसकेपनि खेलकुदले त्यस्ता देशहरुलाई परास्त गरी नेपालको झण्डा विदेशमा फराउन सक्ने एकमात्र उपाए भनेको खेल नै हो भन्नुभयो । त्यसैले खेलकुदले स्वास्थ्यमा स्फूर्ति बढाउनुको साथै देशको सार्वभौमिकता जोगाउने कष्ट साध्य काममा समेत खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले खेलमा जस्तै हरेक क्षेत्र घर परिवारदेखि समाज र राजनीतिक क्षेत्र समेत अनुशासित भएको भए देश विकासमा कायापलत हुने त्यसले खेलाडीको व्यक्तित्व समेत उच्च हुने बताउनु भयो ।
कार्यक्रममा बक्सिङ प्रशिक्षक कृष्ण सुन्दर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले खेलाडी अनुशासित भए सहयोगी हातहरु थुप्रै रहेकोले खेलमा सकृय भई प्रतिभा प्रष्फुटन गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद दुवालले संचालन गरेको कार्यक्रमा अर्का प्रशिक्षक केदार तुईतुईको पनि सहभागी रहेको थियो । प्रशिक्षकहरु र खेलाडीहरुले एकअर्कालाई टिका लगाई उपहार आदान प्रदान गरी केक काटेर गुरु पूर्णिमा मनाएको थियो ।
Featured Posts – Style 1
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
2024-10-30 Comments Off on भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्नभक्तपुर । २०८१ कार्तिक १४, बुधबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर...
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
2024-10-29 Comments Off on विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।
विपद् व्यवस्थापनका गतिविधि समेटिएका चाँगुनारायण विपद् बुलेटिन बिमोचन ।१३ कार्तिक २०८१खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई...
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
2024-10-29 Comments Off on भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत
भक्तपुरका नयाँ प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागतभक्तपुर । २०८१ कार्तिक १३, मंगलबारभक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला...
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
2024-10-29 Comments Off on शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान
शुभ दिपावली, नेपाल संवत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान १३ कार्तिक २०८१खरिपाटी, भक्तपुर २०८१ सालको शुभ दिवपाली, नेपाल संवत्...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
2024-10-29 Comments Off on एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिनेनेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर...