जेष्ठ ९ र १० गते कुमार ग्वाछा मेमोरियल ओपन चेस प्रतियोगिता हुने
भक्तपुर, बैशाख २६ गते
आगामी जेष्ठ ९ र १० गते भक्तपुरमा कुमार ग्वाछा मेमोरियल ओपन फिडे रापिड रेटिङ विलो २००० चेस प्रतियोगिता गर्नेे भएको छ । भक्तपुर युवा टिमको आयोजना र भक्तपुर चेस संघको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिताका उत्कृष्ठ खोलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफिको व्यवस्था गरेको आयोजक समितिका सुरेश कवांले जनाएको छ । सो प्रतियोगितामा उत्कृष्ठलाई नगद रु. २५ हजार, दोस्रो हुनेलाई रु.१५ हजार, तेस्रोलाई १० हजार तथा चौथौलाई ७ र पाँचौलाई ६ हजार एवं ६ देखि १० औं स्थान हासिल गर्न सफल हुनेलाई नगद रु. ५।५ हजार नगद पुरस्कार दिने छन् । नगद रु १ लाख २० हजारसम्म नगद पुरस्कार सहित हुने सो प्रतियोगितामा सहभागि हुने चाहेन खेलाडीहरुको नाम दर्ता १६ वर्ष मुनिका महिलाकालागि रु. ५ सय र अरु खेलाडीहरुलाई रु. १ हजार सुल्क लाग्ने पनि आयोजक समितिले जनाएको छ । स्वीच लिगको आधारम खेलाईने सो प्रतियोगिता जेष्ठ ९ गते विहान १० बजे देखि गोल्मढी भक्तपुरमा आयोजना हुने छ ।















