भक्तपुर योङ्ग सर्कलको आयोजनामा भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता सम्पन्न

भक्तपुर योङ्ग सर्कलको आयोजनामा भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता सम्पन्न
भक्तपुर योङ्ग सर्कलको ३६औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबलको उपाधि स्प्रिङ्गडेल ईङ्गलिस बो. स्कूलले हात पारेको छ । “कला, खेलकूद र मित्रता – युवा जगतको आवश्यकता” नाराका साथ २०४१ सालमा स्थापित सर्कलको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोहका प्रमुख अतिथि भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले खेलकूद भक्तपुर योङ्ग सर्कलले आफ्नो स्वार्थ भन्दापनि देश र जनताको हित गर्न खेलाडि तथा अफिसियल रेफ्रिहरु तयार पारेको बताउनु भयो । सर्कलले नेपालमै पहिलो पटक विभिन्न खेलकूद प्रतियोगिताहरु गर्ने लगायत खेलका नया“–नया“ नियमहरु लागु गर्न पनि सर्कलकको यस शहिद स्मृति खेल मैदानबाट गरेको स्मरण गर्नुभयो । सर्कलका सदस्य राजन जतिले सर्कलको स्थापना दिवसको अवसरमा पार्क भलिबल गर्न निकै कम समयमै प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद दिनुभयो ।
भक्तपुर योङ्ग सर्कलका अध्यक्ष गणेशभक्त खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्य पुण्यराम स्वंगमिखाले पनि बोल्नु भएको थियो ।
आज भएको फाईनल खेलमा स्प्रिङ्गडेल बो.ई.स्कूलले ५ वडा खेलकूद समितिलाई २५–१८, २२–२५, १५–१२ को सेटमा पराजित गरी उपाधि चुमेको हो । तेश्रो उपाधिको लागि भएको खेलमा भक्तपुर योङ्ग सर्कल (क) ले भक्तपुर योङ्ग सर्कल (ख) लाई ३१–३३, २५–१५, १५–१३ सेटमा पराजित गरी तेश्रो स्थान सुरक्षित गरे । विजयी प्रथम, दोश्रो, तेश्रो तथा सान्त्वना टिमहरुलाई प्रमुख अतिथि रायले शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरियो भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी स्प्रिङ्गडेल स्कूलका शक्ति पुनमगर घोषित भए ।
यस अघि भएको सेमि फाईनल खेलमा ५ वडा खेलकूद समितिले भक्तपुर योङ्ग सर्कल (ख) लाई २५–२२, २५–१८ र स्प्रिङ्गडेल बो.ई.स्कूलले भक्तपुर योङ्ग सर्कल (क) लाई २५–१४, २५–१३ को सोझो सेटमा पराजित गरि फाईनलमा प्रवेश गरेका थिए ।