भंगेरी डाँडाको अन्तर्राष्ट्रिय रंगशालाको विरोधमा संघर्ष समिति गठन

भंगेरी डाँडाको अन्तर्राष्ट्रिय रंगशालाको विरोधमा

संघर्ष समिति गठन

भक्तपुर, असार २८ गते
खेलकूद मन्त्रीले अनुगमण गरेपछि भंगेरी डाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला विरुद्ध स्थानीय प्रभावित समुदायले संघर्ष समिति गठन गरेको छ ।
चाँगुनारायण नगरपालिकाको भंगेरी डाँडामा निर्माणाधीन अन्तर्राष्ट्यि रंगशालाले बन सम्पदाको विनास, खानेपानीको मुहानमा असर पर्नुका साथै स्थानीयको धार्मिक आस्थामाथि पनि आँच पुर्याउने कार्य भएको भन्दै त्यसको विरोधमा संघर्ष समिति गठन गरेको हो । स्थानीय ज्ञानवहादुर लामाको अध्यक्षतामा गठन भएको सो संघर्ष समितिले रंगशालाको नाममा वातावरणमा पारेको प्रभाव र धार्मिक अस्थामा पुर्याएको क्षेतिको विरोधमा संघर्ष गर्ने जनाएको छ । तामाग समुदायको मृत्युसंस्कारसँग जोडिएको भंगेरी डाँडामा रंगशाला बनाउन बन क्षेत्र सम्याउन थाले देखि स्थानीयले विरोध गर्दै आएको उल्लेख गर्दै लामाले पछिल्लो चरणमा रंगशाला विरोध संघर्ष समिति गठन गरेको जनाएको छ ।

विकासको नाममा भएका विनासलाई उजागर गर्दै रंगशलाको विरोधमा प्रभावित समुदाय संगठित भई विरोध गर्ने जनाएको छ । संघर्ष समितिले श्रावण ७ गते पत्रकार सम्मेलन गरी रंगशालाको विरोधमा गर्ने कार्यक्रमहरु सार्वजनिक गर्ने भएको संघर्ष समितिका अध्यक्ष लामाले जनाएको छ । यस अघि नंखेल र सिपाडोलमा बनाउने भनिएको अन्तर्राष्ट्यि रंगशला विरुद्ध स्थानीय जनताले विरोध गरेपछि अनिश्चित बनेकोे छ । अन्तर्राष्ट्यि रंगशाला बनाउने भनेर सस्तोमा जनताको जग्गा किनेर अहिले सो क्षेत्रमा घडेरी विकास गरेको संघर्ष समितिका अध्यक्ष हरिकृष्ण डनेगुलुले जनाएको छ ।
भंगेरी डाडामा पनि सरकारी पैसा कुम्याउने दाउमा मात्रै रंगशाला बनउने कार्यमा सक्रिय रहेको लामाले आरोप लगाएको छ । नगरपालिकाका उपमेयर विना बास्तोलाले गतमहिना जनसञ्चार खवरसँग कुरा गर्दै सरकारले पैसा दिएको बेला रंगशाला बनाउने कार्य थालेको बताउँदै त्यसमा स्थानीयको विरोध नभएको जनाएकी थिइन् । सोक्षेत्रको वातावरण परिक्षण नगरिकनै यो आर्थिक वर्ष भित्र सरकारी योजना पूरा गर्ने हिसाबले रंगशाला बनाउने काम भएको उपमेयर बास्तोलले बताएकीछिन् । चाँगुनारायण नगरपालिकाको ७ औं नगरसभाले सो क्षेत्रमा अन्तर्राष्ट्यि स्तरको रंगशाला बनाउने तथा वडा वडामा खेलमैदान बनाउने योजना बनाइ सकेको छ भने सो निर्माणाधिन रंगशालाको युवा तथा खेलकूद मन्त्री जगतबादुर विश्वकर्माको टोलीले शुक्रबार निरिक्षण तथा अनुगमण समेत गरेको थियो । यस विषयमा भक्तपुर क्षेत्र नम्वर १ का सांसद प्रेम सुवालले पनि संसदमा पटक पटक बन क्षेत्रमा रंगशाला निमार्ण गर्दा हुने वातावणीय प्रभावहरुको बारेमा ध्यानाकर्षण गराउनु भएको थियो भने जिल्ला बन कार्यालय भक्तपुरले सो क्षेत्र सरकारी बन क्षेत्रमा नपरेकाले के कति रंगशला निर्माणको नाममा बन सम्पदाहरु नष्ट भए भन्नेसम्बन्धमा बन कार्यालयले हेर्न नसकेको कार्यालय प्रमुख प्रेम खनालले जनाएको छ ।