कारोना भाइरस २०१९ डिसेम्बरमा चिनको उहान शहरबाट शुरु भएको हो । कोरोना भाइरस पत्ता लागेका ४ महिनाको अवधिमै विश्वभर २०८ देशमा फैलिएर १६ लाख भन्दा बढी मानिस संक्रमित भइसकेको छ । हालसम्ममा १ लाख भन्दा बढी मानिसको ज्यान गुमाई सकेकोछ । संसारभर मानव सभ्याता नै ध्वस्त पार्ने गतिमा भाइरस फैलिएको छ । भाइरस रोकथामका लागि हालसम्म कुनै औषधि पत्ता लागेको छैन । भाइरस प्राकृतीक की जैविक हो भन्ने विषयमा अहिले विवादीत देखिन्छ । भाइरसको प्रकृतीको आधारमा यसलाई जैविक भाइरस भएको बैज्ञानिकहरु दावि गरिरहेको छन् । यस भाइरसलाई लिएर विश्वका शक्तिशाली राष्ट्र चीन र अमेरिका एक अर्कोमा दोषारोपन गरेका समाचार पनि आएका छनृ । जे जोसो भएपनि यसले महामारीको रुप लिइसकेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको घोषण गरेको छ ।
संसारमा यस्तो महामाहारीको समाना गरेको पहिलो चोटी भने होइन । इतिहासमा मानाव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको समाना गरिसकेको छ । ती मध्ये मानव सभ्यताकै सबै भन्दा विनाशकारी महामारी सन् १३४७ मा शुरु भएर १३५१ मा सकिएकाृ व्ल्याक डेथ रोगले २० करोड मानिसको ज्यान लिएको थियो । यो रोग मुसाबाट शुरु भई झिँगाको माध्यमबाट मानिसमा सरेको थियो । यो रोग रोगी मानिसको नजिक नजाँदा सर्दैन भन्ने कुरा थाहा पाएर रसुगा सहरले पानीजहाजबाट आउने नयाँ यात्रुहरु विरामी नभएको प्रमाणित नहुन्जेल एकान्तमा ३० देखि ४० दिनसम्म राखिने नियम बनाइयो । यसलाई क्वारान्टिनो भन्ने गरिन्छ । यसले रोग नियन्त्रणमा प्रभावकारी भुमिका खेलेको थियो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पहिलो रुप पनि यहि हो ।
सन् १११८ मा संसारभर स्पेनिस फ्लुको महामारी फैलियो । ५० करोड मानिसलाई यो भाइरस लागेको थियो । यसले ५ करोड मानिसको ज्यान लियो । कोराना भाइरसले नाक, घाँटी र फोक्सोसम्म भाइरलको संक्रमण हुन्छ । तर स्पेनिस फ्लु फरक थियो । यो रोग लागेका विरामीका शरीमा नीला धब्बाहरु ऋाउथें, फोक्सो तरल पदार्थले भरिन्थ्यो । विरामीको नाकबाट रक्तस्राव हुन्थ्यो । रोगको लक्ष्यण देखिएको केही घन्टामै विरामीको मुत्यु हुन्थ्यो । यो भाइरसबाट बच्न कुनै औषधि नभएकोले बच्नका लागि क्वारेन्टाइन र स्वास्थ्य तथा सरसफाईलाई जोड दिइएको थियो । मास्क लगाएर मात्रै हिँड्नुपर्ने नियम बनाइएको थियो । नलगाउनेलाई कारबाही हुन्थ्यो । विद्यालय, चर्च तथा अन्य सार्वजनिक स्थल बन्द गरिएको थियो ।
इतिहासमा विभिन्न भाइरसबाट बच्न गरिएको अभ्याससंगै अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न चिनले शुरु गरेको लकडाउनको अभ्यास विश्वभर अवलम्बन गर्दै आइरहेको छ । लकडाउन भनेको अत्य आवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कने हो । लकडाउनमा घरभित्रै सुरक्षित रहने हो । यो अभ्यासले चिनमा यस भाइरसको संक्रमणलाई नियन्त्रणमा ल्याएको छ । कडा अनुशान रहेको चिनमा यो अभ्यासले सफलता पाएको छ भन्ने चिनभन्दा निकै कोश टाढा रहेको अमेरिकामा यस भाइरसको संक्रमण तीब्र गतिमा बढेको देखिन्छ । युरोपका इटली, स्पेन, फ्रान्स, जर्मन आदि देशहरुमा यो भाइरसको संक्रमण र मुत्यु हुनेको दर उच्च छ । विकसित देशका जनता बढी स्वतन्त्रता चाहने र स्वतन्त्रताबाट स्वंछन्दताका कारण लकडाउनको अवस्थामा पनि भाइरसको संक्रमण र मुत्युदर उच्च रहेको तथ्यांकले देखाएको छ ।
नेपालको छिमेकी देश चिन र भारतमा कोरोना भाइरसको संक्रमण छ । तसर्थ नेपाल यो भाइरसको उच्च जोखिममा छ । हालसम्म नेपालमा ९ जनालाई संक्रमण देखिएको छ भन्ने १ जनाको उपचार पछि निको भएको अवस्था छ । नेपाल सरकारले संक्रमणबाट बच्नका लागि नेपालमा २०७७ बैशाख ३ गतेसम्म लकडाउन गरिएकोछ । नेपालमा हाल अधिकार सम्पन्न स्थानीय तहका सरकारहरु बनेका छन् । प्रदेश सरकारहरु बनेका छन् । तीनीहरु स्रोत सम्पन्न पनि छन् । हरेक टोलटोल या घरघरसम्म सम्पर्क सञ्जाल पनि छन् । यसले बर्तमान विपत्तको सामना गर्न र राज्यले सहयोग गर्छ भन्ने सन्देश दिन सफल भएको छ । संघिय शासन प्रणालीको अर्थ र औचित्य सावित गर्न जति यीनीहरु प्रभावकारी हुन्छन् । त्यतीनै आमनागरिकको सरकारप्रति विश्वास बढ्ने छ ।
कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकारहरु आरम्भदेखि नै सक्रिय रहेको देखिन्छ । प्राय स्थानीय सरकारहरुले समयमै क्वारेन्टाइन स्थलहरु बनाएका छन् । गाँउमा बाहिरबाट आउनेहरुको अभिलेख व्यवस्थापन गरेका छन् । लकडाउन समया दैनिक आम्दानी गर्न नसकेर जीवन निवार्हमा समस्या पर्नेहरुको सूची बनाएका छन् । तिनीहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ । बृद्धवृद्धा, अशक्त, दिर्घरोगीलाई घरघरमै औषधि पु¥याउने व्यवस्था गरेको छ । आफ्नो नागरिकलाई आवश्यक परेको बेला एम्बुलेन्सको व्यवस्था गर्ने गरेको छ । लकडाउनको समयमा अति आवश्यक सेवाका लागि घर बाहिर निस्कन एक घर एक पासको व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा विहान र बेलुकी सिमित अवधिको लागि अति आवश्यक पसल खोल्ने व्यवस्था गरेको छ । टोल या घरघरमा साबुन वितरण गरि साबुन पानी हात धुन अनुरोध गरेको छ । पर्चा पम्पलेट, माइकिङ, रोडियो, टिभी, मेल, इमेल, फेसबुक आदि संचार माध्यमबाट कोरोना भाइरस विरुद्ध जनचेतामुलक कार्यक्रम चलाएको छ ।
स्थानीय सरकारका यी कामहरुले गर्दा स्थानीय जनता बिचमा आफुलाई समस्यामा जनप्रतिनिधिहरुले सहयोग गर्न आउँछ भन्ने विश्वास जागृत हुन्छन् । यस विपतले स्थानीय सरकार र जनतावीचको सम्बन्ध मजबुट बनाउन महत्वपूर्ण काम गरेकोछ । यद्यपी केन्द्रीय सरकारको केन्द्रमुखी दृष्टिकोणका कारण प्रदेश तथा स्थानीय तहले पर्याप्त स्वतन्त्रका साथ काम गर्न पाएका छैन । जिल्ला, अञ्चल र प्रदेश अस्पतालहरु स्तरीय बनाउने विषयमा, प्रयोगशालाहरु सबै प्रदेशमा विस्तार गर्ने विषयमा र चिकित्सकको दरबन्दी गर्ने विषयमा संघीय सरकारले समयमा काम गर्न नसकेका कारण प्रदेश र स्थानीय सरकार समस्यामा परेकाछन् । सामान्य स्वाब टेस्ट समेट केन्द्रबाट टोली पठाएर गर्नुपरेको छ । स्थानीयमा समस्या आउँदा त्यहीको सरकारले आवश्यक व्यवस्था गर्ने व्यवस्थाको प्रणालीको विकास नगरेसम्म केन्द्र तहकै भर पर्नुपर्ने हुन्छ । स्थानीय स्थानीय सरकारका जे जति क्षमता छन् । त्यसको भरपुर उपयोग गर्न सक्ने वाताबरण बनाउन सकेमा केन्द्र सरकारलाई बोझ कम हुन्छ । उत्तरदायित्व पनि बाँडिन्छ ।
विषम परिस्थितीमा पनि केही स्थानीय सरकारले गुणस्तरहीन खाद्यान्न वितरण गरेको, राहत वितरणमा पक्षपात गरेको, खाद्यान्न खरिद तथा स्वास्थ्य सामग्री खरिदमा भष्ट्रचार गरेको, गुणस्तरहीन क्वारेन्टाइन बनाएको समाचार पनि प्रकाशन भइरहेको छ । यस विषयमा केन्द्रीय सरकारले स्थानीय सरकारको कामर्बाहीको अनुगमन गर्ने, गुणस्तर मापन गर्ने, प्राविधिक सहयोग पु¥याउने जस्ता कामहरु समयमै गर्नुपर्दछ । यसले गुणस्तरीय सेवाको प्रत्यभुतिमा मद्दत गर्दछ । दोषीलाई कार्वाही गर्न टेवा पुग्छ । तसर्थ संकट पछि पनि आउन सक्ने भएकोले समस्या समाधानको संस्थागत प्रणालीको विकास गर्नुपर्दछ । प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी बनाउनुपर्दछ ।
लेखक ः बालकृष्ण धोजु
मजयवग।दबपिचष्कजलब२नmबष्।िअयm













