—–रामशरण देउजा
सरकार दिगभ्रमित भयो । नेताजीहरु राजनैतिक जालझेल र सत्ताको लुछाचुडीमा अलमलिय भन्दैमा बन्दाबन्दी नियन्त्रणको बिकल्प ठिक होइन भनेर यो बन्दाबन्दीको अन्त गराउन खोज्नु हाम्रो जस्तो मुलुकका लागि कत्तिको हितकारी होला ? सबैले एक पटक गम्भीर भएर सोचौं । यस्ता सकटहरुमा नागरिक दाइत्व र भुमिकाले पनि ठूलै महत्त्व राखेको हुन्छ । हामी नागरिकमा पनि यतिबेला राज्यप्रतिको दाइत्व बोध हुनु जरुरी छ । सरकार स्थायी होइन यो राज्यको एउटा सयन्त्रहो जस्ले हाम्रो प्रतिनिधित्व गरिरहेका छन । प्रतिनिधितब गलत भयो भने परिबर्तन गर्ने अधिकार हामी सग सुरक्षित छ नै । समय पक्कै आउने छ त्यस समय सहि निर्णय गर्नबाट हामी यो वा त्यो बहानाबाट चुक्नु हुँदैन । यति भनिरहदा खाली यो बन्दाबन्दी मात्र चाहिँ यो कोभिड १९ संक्रमण रोकथामको एकल उपाय भने चाहिँ होईन भन्ने कुरामा भने सबै सहमत हुनै पर्दछ । यो बन्दाबन्दीको समानान्तर अबलम्बन गर्नुपर्ने अन्य थुप्रै उपायहरु हुन नसकिरहेकोले यो बन्दाबन्दी प्रती नकारात्मकता बढदै गएको देखिन्छ । यसैले गर्दा यो बन्दाबन्दी प्रती नेपालीहरुको बिश्वास उठदै जान लागेको देखिन्छ । यो कोभिड १९को महामारी नियन्त्रण प्रतिको जनताको यहि नकारात्मकता कहि यो महामारी संक्रमणममा थप सहायक हुनसक्ने परिस्थिति नबनोस यस्मा सरकारको गाम्भिर्यता अति आबस्यक छ । पछिल्लो थप भएको १० दिनको यो बन्दाबन्दी र अझै नपुग्ने भए २५ गतेबाट आर्को १ हप्ता थप गरि सरकारले यो बन्दाबन्दिको साथसाथै समानान्तर रुपले सन्चालन गर्नुपर्ने अन्य कार्यहरु पनि द्रुतगतिमा गर्नु जरुरी च । यो कोभिड १९ संक्रमण घरेलु नभएर आयातीत हो भन्नेमा अब कुनै शका रहेको देखिदैन । त्यसैले यो अब थप हुने बन्दाबन्दिकै अबधी भित्र यहि फागुन २०७६ को अन्तिम हप्ता पछि बिदेशि विभिन्न मुलुकहरूबाट नेपाल आएका स्वदेशी र बिदेशी ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएका सबै ब्यक्तिहरुको पहिचान गर्ने र तिनीहरुको उचित परिक्षण गर्ने कार्य सम्पन्न राज्यका सबै निकायहरुको समुचित उपयोग गरेर अनिवार्य सम्पन्न गर्नुपर्ने छ । यति गरिसके पछि जो जो संक्रमीत छन उनिहरुको उपचारलाई ब्यबस्थित गर्दै यो बन्दाबन्दिको स्वरुप परिबर्तन गर्नु आबस्यक हुन्छ । यसो गर्न सकिएन र अझै यहि रुपमा यो बन्दाबन्दीलाई थप लामो समय कायम गरियो भने जनस्तरबाट यस्को विरुद्ध सघ्रष गर्न जनता सडकमा आउन सक्दछन । नेपालको कुल जनसंख्या मध्ये बयस्क (कमाइखाने) जनसंख्याको ३५५ जति जनता न्यून आए भएका छन । कहि यो बन्दाबन्दी प्रतिको नकारात्मकताले ती समूह प्रती अब हामीले यो बन्दाबन्दिको अब अवज्ञा गर्नुपर्छ भन्ने भावना बिकसित गरिदियो भने यस्ले ठूलो बिद्रोहको रुप पनि लिन सक्दछ । त्यसैले अब सरकार यता तर्फ गम्भीर भएर यो घोषित बन्दाबन्दी अबधिभर बन्दाबन्दी सगसगै गर्नेपर्ने अन्य कार्यहरूलाई तदारुकता र प्राथमिकताका साथ पूरा गर्न तपशिलका कामहरुलाइ प्राथमिकतामा राखी क्रीयाशिल रहोस । यिनै कुराहरुको अभाब खडकिएका कारण बन्दाबन्दीका प्रती नकारात्मक धारण बढदै गएको छ ।
१) निम्न आय भएकाहरुलाइ दैनिक हातमुख जोर्ने साधन, राहत र बासस्थान सुबिधा उपलब्ध गराउने ।
२) सिमानापार बिदेशी भुमिमा बिचल्लीमा रहेकाहरुलाइ सुरक्षित उद्दार गर्ने
३) रोजगारी गुमाएका श्रमिकहरुलाइ न्युनतम जिबिकोपार्जनका लागि आबस्यक ज्याला उपलब्ध गराउने
४) स्थानीय तहमा उत्पादित कृषि उपजहरुको खपत र बेच बिखनका लागि ब्यबस्थित र सुरक्षित ब्यबस्था मिलाउने
५) अति आबस्यकिय बस्त्तु एबम सामाग्रीहरु बाहेकका अन्य बस्तु सामाग्रीहरुको आयात बन्द गर्ने
६) कोरोना संक्रमीत बिरामीहरुका लागि अल्लग्गै अस्पतालको ब्यबस्था गर्ने
७) अन्य अस्पतालहरुमा सबै सेवाहरु सुरक्षित तबरले सन्चालन गराउने
८) चीन र भारत बिचका सबै नाकाहरु थप २ महिना बन्द गर्ने ( आबस्यकिय बस्तु र सामाग्री आयात बाहेक)
९) थप २ महिना सबै अन्तर्रा्ष्ट्रिय उडानहरु बन्द गर्ने
१०) प्राथमिकता र संक्रमणको संबेदनसिलतालाई मध्यनजर गरेर आन्तरिक उडानहरु खुल्ला गर्दै जाने ।
धन्यवाद !
(लेखक निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रिय महासचिव हुन् ।)
थप सम्पर्कका लागि ९८५१०४००८३
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














