नेपालमा लक डाउन पस्चात राज्य र नागरिकले गर्नुपर्ने कार्यहरु

CORONA VIRUS (COVID-19) को सन्दर्भमा  नेपालमा लक डाउन पस्चात राज्य र नागरिकले गर्नुपर्ने कार्यहरु

दिलिप न्यौपाने

चिनको वुहान शहर बाट सुरु भएको साथै डिसेम्बर ३१ मा पुष्टि भयेको CORONA VIRUS COVID-19 ले बिश्वभर १९८ भन्दा बढी  मुलकमा प्रत्यक्ष प्रभाव पारेको आजको दिन सम्म ४२ हजार भन्दा बढी मानवीय क्षति  भैसकेको र ८ लाख भन्दा बढी मानिस सम्क्रमित भैसकेको आजको बिश्व समुदायमा महामारी को रूपमा भयावह सिर्जना गराउने उक्त भाइरसका कारण नेपाल सरकारले पनि मानसिक एबम अकल्पनीय आर्थिक क्षति ब्यहोरी सकेको अवस्था छ । संयुक्त रास्ट्रसंघका महासचिव ले समेत दोश्रो बिश्व युद्ध पछिको ठूलो चुनौती भनेर सार्वजनिक रुपमै घोषणा गरि सकेको अवस्था छ । नेपाल सरकारले समेत उक्त महामारी बाट बच्न र देशमा मानवीय क्षति नहोस् भनेर दुई  चरणमा गरेर देशभर १५ दिने लकडाउन गरेको छ । लकडाउननै नेपाल जस्तो अल्पबिकशित मुलुकको लागि संक्रमण फैलन नदिने एबम उपचार कै एउटा पद्धति एबम सम्यन्त्र हो । नेपाल मात्र नभै बिश्वका महाशक्ति रास्ट्रमा समेत महामारी नियन्त्रण मा नआएकोले उनिहरुले पनि लकडाउन गरेका छ्न ।
बेलायत जस्तो महाशक्ति रास्ट्रले त महामारी नियन्त्रण पश्चात् जनजीवन सामान्य अवस्थामा फर्कन कम्तीमा ६ महिना लाग्ने प्रक्षेपण गरि सकेको अवस्था छ । लकडाउन केबल महामारी नियन्त्रण गर्ने एउटा प्रयास हो । फेरि लकडाउन सधै गरिने बिषय पनि हैन मानव जीवन गतिशील हुन्छ । यहि गतिशिलतालाई कायम गर्न र यो महामारीलाई नियन्त्रमा राख्न लकडाउन पश्चात् नेपाल सरकार तथा आम नागरिकले कम्तिमा ३ महिनाका लागि निम्न उपायहरु अपनाउनु उचित रहनेछ ।
राज्यको तर्फबाट गर्नुपर्ने कामहरु ।
१. औद्योगिक उत्पादन
औद्योगिक उत्पादनलाई प्राथमिकताको आधारमा संचालन गर्ने जस्तै
क. खाद्यान्न, औसधि, मेडिकल जन्य उत्पादन, इन्धन, पानी, सरसफाइ जन्य सामाग्री कृषि तथा पशु सङ्ग सम्बन्धि उद्योग पहिलो चरणमा  तुरुन्तै सुचारु गर्ने ।
ख. निर्माण जन्य उद्योग, मोटर पार्ट्स, केमिकल, लुगा कपडा  आदि दोश्रो चरणमा।
ग. मदिरा, सुर्तीजन्य एबम फेन्सी सामान उत्पादन गर्ने उद्योग तेश्रो चरणमा।
२. सरकारी एबम निजि कार्यलय सन्चालन ।
क. अती आबस्यकिय सेवा जस्तै डाक, दुरसचार, स्वास्थ सेवा, दमकल, सेना, प्रहरी, भन्सार, बिध्युत, पानी, सरसफाइ, कृषि तथा पशु सेवा बिगान तथा प्रबिधि, अनुसन्धान तथा सूचना सञ्चार, बन तथा वातावरण  पहिलो चरणमा ।
ख. मालपोत, नापी, भुमिसुधार, खेलकुद , संस्कृति, पर्यटन,   शिक्षा तथा स्थानीय निकायले प्रदान गर्ने अन्य सेवाहरु दोश्रो चरणमा ।
३.  स्कुल कलेज लाई एकैपटक नगरी कमसेकम १ देखि ३ हप्ताको फरकमा सन्चालन गर्न लगाउने अझ २०७७ बैशाख १५ पछि मात्र  ।
४. अन्तर्राष्ट्रिय नाका तथा सिमाबाट आयात निर्यात लाई प्राथमिकिकरनको आधारमा मात्र सन्चालन गर्ने । मानिस हरुको आवत जावत लाई  कमसेकम २०७७ बैशाख अन्त्य सम्म बन्द गर्ने ।
५. अन्तर्राष्ट्रिय वायु सेवा लाई २०७७ बैशाख सम्म   बन्द गर्ने । देश भित्र सन्चालन हुने वायु सेवा  लामो तथा मध्यम दुरिको बससेवा लाई आवश्यकता को आधारमा २०७७ बैशाख बाट सन्चालन गराउने ।
६. राजमार्ग हरुलाइ एकैपटक नखोली एक जिल्ला २ जिल्ला गर्दै क्रमस सन्चालन गर्दै लैजाने  ।
७. देशभर संचालित बाणिज्य बैक हरुका शाखा कार्यालय हरुलाइ एकै पटक सन्चालन नगरी क्रमश सन्चालन गर्दै लैजाने । सेवा ग्राहिलाइ चेक बाट नगद कारोबार गर्दा  एकपटकमा रु १ लाख भन्दा बढी भुक्तानी नगर्ने र एक लाख भन्दा बढी नगद जम्मा गर्न पनि नदिने । जस्ले गर्दा नगद भन्दा अन्य माध्यम बाट बैकिङ्ग कारोबार हुने हुँदा  सुरक्षित तथा बैंकका लागि अनावश्यक श्रम शक्ति को प्रयोग कम हुने नोट छाप्न खर्च हुने देशको अर्बौं रुपैयाँ जोगिने, बजारमा नगद कम हुँदा  CORONA VIRUS भन्दा देशको ठुलो   भ्रष्टाचार पनि कम हुने हुँदा यहि मौका को सदुपयोग पनि देशको लागि हितकारी हुन्छ ।
८. सरकारी एबम निजि क्षेत्रमा आउट सोर्स बाट लिइएका कामदार कर्मचारी हरुलाइ उनीहरुको सेवा वापतको ज्याला अथवा पारिश्रमिक अनिवार्य रुपमा बैकिङ्ग प्रणाली बाट हुनु पर्ने ब्यबस्था गराउने ।
९. धितो पत्र बजार लाई अनलाइन प्रबिधी बाट सन्चालन गराउन प्रोत्साहन गर्ने । बैंकहरुलाइ तुरुन्त लाइसेन्स दिलाइ धितोपत्र कारोबार गर्ने ब्यबस्था मिलाउने ।
१०. रेस्टुरेन्ट, पब, बार, होटेल, मोटेल, होमस्टे, ब्यायामसाला, सौन्दर्य  गृह, सिनेमा हल, थियेटर, रङ्गमन्च कमसेकम २०७७ बैशाख सम्म बन्द गराउने ।
११. मन्दिर, मस्जिद, चर्च, गुम्बा, चैत्य मा हुने भिड भाड लाई कम गराउने ।
१२. अस्पतालबाट लिइने/दिइने  बहिरंग सेवालाइ प्राथमिकिकरनको आधारमा सिमित रुपमा खुला गर्दै लैजाने । लामो समय नागरिकहरु लकडाउनमा भयेको साथै भाइरसको कारण धेरै नागरिकहरु मानसिक रूपमा बिक्षिप्त हुने हुदा अस्पताल तथा सामुदायिक स्वास्थ संस्थामा मनोरोग विशेषज्ञको वयवस्था गराउने।
१३. सरकारी तथा निजि छापाखाना बाट बितरित दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रीकालाई सुरक्षीत ढङ्गले बितरनको व्यवस्था गर्नु पर्ने । अझ अनलाइन माध्यम बाट प्रकाशित गर्न सरकारले प्रोत्साहन गर्नु पर्ने ।
१४. निजि सवारी साधनलाई कम्तीमा २०७७ बैशाख सम्म जोर बिजोर प्रणाली लागू गर्दा अनावश्यक भिड्भाड नियन्त्रण गर्न सहज हुन्छ ।
१५. सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी सन्चालन गर्न पुर्ण निशेध गरिनु पर्छ । साथै सार्वजनिक सवारिलाइ रिजर्भ गरि सन्चालन गर्ने कामलाई पुर्ण रूपमा नियन्त्रण गरिनु पर्द्छ ।
१६. बजार क्षेत्रलाई प्राथमिकताको आधारमा सन्चालन गरिने व्यवस्था गरिनु पर्दछ ।
१७. बढी भिडभाड हुने पार्टी प्यालेस, राजनीतिक सभा सम्मेलन, प्रशिक्षण, गोष्ठी लगाएतका काम कमसेकम ३ महिना सम्म बन्द गराउनु पर्छ ।
नागरिकको तर्फबाट गर्नुपर्ने कार्यहरू ।
१. तराई तथा भित्री मधेसमा गर्मीको शिजन सुरु भैसकेकोले चौतारी एबम खुल्ला स्थान, पार्कमा मानिसहरुको अत्यधिक भिड्भाड भै गफिने क्रीयाकलाप लाई कम गरौं ।
२. नेपाली सामाजिक परम्परा अनुसार गरिने विभिन्न बेद कार्य, पित्री कार्य, बिबाह, ब्रतबन्ध जस्ता क्रियाकलापमा ठूलो भिडभाड नगरी सामान्य रूपमा आफ्ना वैदिक कार्यहरू गरौ ।
३. मृत्यु संस्कारमा गरिने मलामीमा पनि कअम भन्दा कम सहभागिता जनाइ आफ्नो कार्य गरौं ।
४. धेरै जनसंख्या कृषि तथा पशुपालन पेशामा लागेकोले कृषि काम गर्दा ज्याला मजदुरी गर्दा एकै दिन ठुलो भिडभाड नगरी आफ्नो पेशा ब्याबसाय गरौं , सकभर सफा र स्वस्थ कृषि र पशु उत्पादन उपभोक्ता सम्म पुराउने ब्यबस्था गरौं ।
५. हाल विभिन्न संचार माध्यमबाट देखियेको धेरै कृषि तथा पशुपालक किसान हरुले आफ्नो उत्पादन सडकमा फ्याक्ने गरेकोमा कृपया ती उत्पादनको बाइ प्रोडुक्ट जस्तै दुधबाट घ्यु, तरकारी बाट गुन्द्रुक, सिन्की, चाना, अचार जस्ता विभिन्न परिकार बनाइ पछीको लागि नगदको जोहो गर्ने बाटो बन्छ । आवेशमा आएर यो बिश्व महामारीमा आफ्ना उत्पादन खेर नफालौ ।
६. बजारबाट खरिद गरि ल्याइएको तरकारी, दुध, मासु, लगायत बस्तुलाइ अन्य समय भन्दा ५/१० मिनेट बढी तताएर, उमालेर, पकाएर मात्र खाउ ।
७. हाम्रा खानपानमा परम्परागत रुपमा प्रयोगमा आएका मसला जस्तै जीरा, मरिच, धनिया, पुदिना, टिमुर, तेजपात, बेसार, अदुवा, तुलसी, खुर्सानी, बोझो, लसुन, प्याज, कागती  जस्ता प्राकृतिक बनस्पति हरुलाइ मसलाको रूपमा दैनिक प्रयोग गरौ ।
८.  गाउँघरमा फुर्सदको समयमा चिया नास्ता पसलमा बसेर गरिने चिया गफलाइ केही समयको लागि कम गरौ । त्यस्तै रोधी, मुर्चुङ्गा, जस्ता सामाजिक सास्कृतिक कार्यलाई केही समयको लागि कम गरौ ।
९. विभिन्न समूह हरु जस्तै आमा समूह, महिला समूह, सहकारी समूह, सामुदायिक बन समूह, कृषि समुह जस्ता समुहहरुले अत्ति आवस्यकिय अवस्था मा मात्र मिटिङ्ग तथा अन्य कार्यक्रम गरौ ।
१०. सामान्य उपचारको लागि स्वास्थ चौकी/अस्पतालमा भिडभाड कम गरौं । अस्पतालमा उपचाररत भर्ना भएका बिरामी सकभर भेट्न कम गरौ, बिरामी भेट्दा  दुरि कायम गरौं  ।
११. एक जिल्ला बाट अर्को जिल्ला, राजधानी वा अन्य देशमा भ्रमणमा जादा – आउँदाको समयमा बसपार्क तथा एयरपोर्टमा कम भन्दा कम मानिस हरु गएर आफ्नो यात्रुलाई स्वागत वा बिदाइ गरौ ।
साबुन पानीले हात धोऔ ।
घरमै बसौ ।
सामाजिक दुरि कायम गरौ ।
यो बिश्व महामारीलाई नियन्त्रण गरौ ।

प्रतिक्रियाको लागि ।
neupanedk123@Yahoo.com
Dilip Neupane
Godawari 10, chapagaun
Lalitpur .