लकडाउनको समयमा पनि घरदैलोबाट रगत संकलन

भक्तपुर, चैत्र १८ गते
लक डाउनको समयमा पनि घर दैलोमा पुगेर भए पनि पर्याप्त रगत संकलन गर्न भक्तपुर रेक्तसञ्चार सेवा केन्द्र सवल रहेको छ । खुल्ला रक्तदानका कार्यक्रमहरु लक डाउन तथा कोरना भाइरसको जोखिमका कारण हुन नसके पनि घर दैलो र टोल टोलमा पुगेर आवश्यक रगत संकलन गर्न अहिलेसम्म सफल रहेको केन्द्रले जनाएको छ । रक्तदाताहरुको माग अनुसार घर आँगनमै पुगेर रगत संकलन कार्य पनि दिनहुँ झै भइरहेकाले रगतको कमि हुन नदिएको केन्द्रका प्राविधिक दामोदरले बताएका छन् । आम सर्व साधारण समुदाय घर बाहिर आउन नसकिरहेको बेला पनि निर्वाधरुपमा आवश्यक रगत व्यवस्थापन गर्न सकिरहेको उनले बताए । नियमित रक्तदानका कार्यक्रम हुन सकेन भने रगतको अभाव हुने देखिएकाले हरेक दिन झै साना ठूला रक्तदान कार्यक्रमहरु आयोजना गरी रगत व्यवस्थापन गर्दै आएको छ ।
हुलमुलमा हिड्न तथा जम्मा हुन नहुने कोरना भाइरसको जोखिमका कुरालाई ख्याल राख्दै २।४ जनालाई भए केन्द्र मै बोलाएर वा ल्याएर तथा टोल टोलमा पुगेर रगत संकलन भइरहेको हो । अन्य क्षेत्रमा रगतको अभाव भएपनि भक्तपुरमा रगतको कमि हुन नदिएकाले काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रका समुदाय समेत भक्तपुर रक्तसञ्चारमा आएर रगत लिन आउने गरेका छन् ।
दैनिक सय यूनिट देखि १२५ यूनिटसम्म रगत वितरण भइरहेको उल्लेख गर्दै उहाँले रगत संकलनमा साबुन पानीले हात धुने, स्यानिटाइजर, माक्सको समेत व्यवस्था भइरहेको बताए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका शाखा उपशाखा एवं उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमका लक्षित वर्गहरुको सक्रिय सहभागिता रहे पनि अहिलेको रगत संकलनमा नियमित रक्तदाताहरु तथा स्वयंसेवकहरु परिचालन नभएको उनको भनाई छ । उहाँहरु कोरना भाइरसको जोखिमका कारण घर घरमा बसिरहेका छन्, केन्द्रका कर्मचारी आफै दैनिक ३,४ ठाउँमा पुगेर रगत संकलन गरिहेका छौं उहाँले बताउनु भयो, यो हिसावले अलि गाह्रो छ तर पनि पुग्ने हिसावले रगत संकलन भइरहेको छ ।
आपत्कालिन रगत संकलनमा समस्या
ललितपुरबाट भक्तपुरको दुधपाटीसम्म रगत लिन आएका उमेश नगरकोटीले आफ्नो दाजुको ज्यान जोगाउन यो हप्ता धेरै दाजुभाई साथीभाई इष्टमित्र जुताएर रगत संकलन गर्नु पर्यो । बल्ल बल्ल ६ यूनिट रगत संकलन गरी दाजुको ज्यान त जोगाइयो । त्यसपछि काठमाण्डौका विभिन्न केन्द्रमा रगत नभएपछि भक्तपुर आएर रगत लिन बाध्य भइयो उनले भने साथीहरुको रगत संकलनमा लाइसेन्समा उल्लेख भए अनुसार ब्लोड ग्रुप नमिलेपछि आपत्कालिन रक्तदानमा समस्या भयोे । साथीभाई खोज्दै रगत संकलन गरिरहुँजेल झनै दाजुको ज्यान जान लागेको थियो, बल बचाउन पाइयो नगरकोटीले भने । लक डाउनको समयमा पनि सरर् भक्तपुर आएर रगत लिन पाएको छु त्यसको लागि रक्तसञ्चार केन्द्र भक्तपुरलाई धेरै धेरै धन्यवाद उनले भने ।
मृगौला रोगीका विरामीका आफन्त कृष्णलाल कर्मचार्य पनि बुधबार दिउँसो हतार हतार रगत लिन रक्त सञ्चार केन्द्रमा डाक्टरको सिफारिस पत्र लिएर आए । उनले लिएर आएको नमूना रगतमा रक्त समूह, नाम केही उल्लेख थिएन । केन्द्रका प्राविधिले छिटो विवरण भरेर ल्याउनु यो त नर्सको लापर्बाही भयो, यतिकै रगत दिन मिल्दैन भने ।  चिकित्सक कर्मचारीको सामान्य कमजोरीले विरामीका आफ्न्तलाई तनाव सृजना हुन्दो रहेछ । उनी आतिन्दै अस्पताल फर्कैदै थिए । यस्ता धेरै केसहरु आउँछन् प्राविधिक दामोदरले भने रक्तदान गर्दा पनि ०.५ प्रतिशतको रगतमा संक्रमण आउने गरेको छ । रक्तदान गर्नेको त्यस्तो कमजोरी देखिने तथा रक्त समूह अन्य विवरण पनि उपलब्ध हुने भएकाले नयाँ नयाँ रक्तदाताहरु आउने गरेको केन्द्र भनाई छ ।

बिहिबार तीन ठाउँमा रक्तदान कार्यक्रम आयोजना हुने
बढ्दो रगतको मागलाई ध्यान दिन्दै लक डाउनको समयमा पनि भक्तपुरको झौंखेलमा विहिवार विहान ८ बजे रक्तदान कार्यक्रम आयोजना गर्दै छ भने भनपा १० व्यासीमा १० बजे रक्तदान कार्यक्रम आयोजना गर्ने छन् भने भक्तपुरबाट संकलन हुने रगतबाट मात्र माग पूरा नहुने भएपछि पब्लिक यूथ क्लव काठमोडौबाट पनि विहिबार विहान ८ बजे रगत संकलन गर्ने कार्यक्रम तर्जुमा भएको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले जनाएको छ ।
यो विषम परिस्थितिमा रेडक्रस भक्तपुरको उत्थानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमले पनि आफ्नो लक्षित वर्गका स्वयंसेवकहरुलाइ रत्तदान कार्यक्रममा सहभागि भइ रगतको अभावलाई सहजिकरण गरिदिन आग्रह गरेको छ । भक्तपुर नगर र मध्यपुरथिमी नगरमा मात्र स्योर कार्यक्रमका ८ वटा लक्षित वर्गका २४० तालिम प्राप्त स्वयंसेवकहरु रहेका छन् । स्योर कार्यक्रमले कोरना भाइरसको जोखिम न्यूनिकरणका लागि भईरहेको लक डाउनबाट प्रभावित न्यून आय भएका दैनिक ज्यालादारी काम गरेर जीबिका चलाउनुपर्ने तथा असाहयहरुकालाई विपद् व्यवस्थापन कोषमार्फत सहायता दिने तयारी गरेको छ । मध्यपुर थिमीका तीन वटा रेडक्रस उपशाखा र भक्तपुरका दुई उपशाखा तथा नंखेल, नलिन्चोक  उपशाखा मार्फत तिनीहरुको आवश्यक व्यवस्थापनका लागि खर्च व्यवस्थापन गरिएको छ । स्थानीय जनप्रतिनिधीहरुसँगको सहकार्यमा एकद्धार प्रणालीद्वारा प्रभावितहरुलाई राहत एवं आवश्यक बन्दोबस्ती मिलाइ दिने भएका हुन । प्रति कोषमा २५ हजार रुपियाँ रहेको स्योर कार्यक्रमले जनाएको छ । सोमबार मात्र मध्यपुर थिमीको दिव्यस्वरी उपशाखाले स्थानीय जनप्रतिनिधीसँगको समन्वयमा प्रभावितहरुकालागि दाल, चामल, चिनी, तेल लगायत खाद्यान्न सामग्री बितरण गरेको थियो ।