संस्थागत विद्यालय अभिभावक संघद्वारा अभिभावकका समस्याहरु बारे शिक्षा मन्त्रीको ध्यानाकर्षण
भक्तपुर, १० कार्तिक । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीहरुसहितको प्रतिनिधि मण्डल माननीय शिक्षा मन्त्री देवेन्द्र पौडेलसंग भेटघाट गरी अभिभावकका समस्या बारे पुल्चोक मन्त्रीक्वाटर पुगेर बुधबार अवगत गरायो ।
उक्त भेटघाट कार्यक्रममा माननीय मन्त्री देवेन्द्र पौडेलले अभिभावक माहासंघ मार्फत अभिभावकका समस्याहरु आए राम्रो हुने बताउँदै हाँगाविगाँ भन्दा पनि सबैलाई समेत्ने छाता संगठन आए राम्रो हुने बताउनुभयो । उहाँले शिक्षक, अभिभावक, प्रध्यापक संगठन र विद्यालय सबैको छुट्टाछुट्टै प्रतिनिधि आए धेरै जानाहुने भएकोले सबैको समस्या, गुनासोहरु एकै ठाउँबाट प्रतिनिधिमुलक आए राम्रो हुने बताउनु भयो । उहाँले शिक्षामा धेरै कुराहरु आए पाउनु पर्ने महत्वपूर्ण कुराहरु नआउन सक्ने वा छुट्टिन सक्ने भएकोले यहाँ जिज्ञासा बारे छलफल गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले माननीय मन्त्रीको कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत विद्यालय प्रथामिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भुमिकाको सरोकार भएको संस्था भएको साथै निजि विद्यायका अभिभावकहरुको समस्या समाधानको लागि दवाव मुलक संस्था र नीति निर्माणमा आम अभिभावकको हितमा काम गर्न यो संस्थाको महत्वपूर्ण भूमिका भएकोले त्यससंग सरोकारको हरेक संघीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक संघलाई सहभागी गराई छलफल, नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानुन निर्माणमा सहभागी गराउन समितिहरुमा राखेर काम गरे अभिभावकका समस्या सम्बोधन हुने र पूर्णता पाउने बताउनु भयो । उहाँले निःशुल्क शिक्षा भनेता पनि सःशुल्क शिक्षाको प्रावधान पनि रहेको हुनाले निजि विद्यालयका साठी सत्तरी लाख अभिभावकका निम्ति, बालबच्चाहरुको लागि गुणस्तरिय शिक्षाको लागि संस्थागत विद्यालय अभिभावक संघ आवश्यकता महशुस गरी एउटै वास्केटमा राखेर नीति निर्माण गरे संस्थागत विद्यालयका प्रतिनिधि नभए अभिभावकका माग छुट्टिने र सम्बोधन नहुने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष कोष बहादुर जिसिले पहिला कानुनमै दुई वटा अभिभावक संघको प्रतिनिधि भएकोमा अहिले नयाँ कानुनले स्थानीय तहसम्म जान्दा अभिभावकको प्रतिनिधि छुटिएको त्यसैले शुल्क निर्धारणमा सहजता नभएको बताउँदै अभिभावकको प्रतिनिधित्वको लागि अनुरोध गर्नु भयो भने विद्यालय वर्गिकरण, अनुगमनमा समेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा रहे राम्रो हुने आग्रह गर्नु भयो ।
कार्यक्रममा महासचिव रामचन्द्र सुवेदीले अभिभावक महासंघको आठ वटा विषयगत छाता संगठन भएकोमा संस्थागत विद्यलाय शुल्क निर्घारण, विद्यालय अनुगमनमा सम्बन्धित क्षेत्रको प्रतिनिधि भए उपलब्धि राम्रो आउने बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका सचिब रामकृष्ण प्रजापतिले विद्यालय संचालनसंगै शुल्क बृद्धि र गुणस्तरिय शिक्षामा अभिभावकका समस्या, शिक्षक र शिक्षिकाको तलब र विद्यालय स्वयम्का समस्याहरु यस संस्थामा सहजिकरण र समस्या समाधनका कुराहरु लिएर आएको हुनाले यस संघको प्रतिनिधित्व आश्यकता महशुस भएको बताउँदै बहुमत गरिब र हुँदा खाने अभिभावकहरुको हितको लागि राज्यले सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सदस्यहरु रमा गिरी, शुशिला खड्का, नरेश श्रेष्ठको सहभागाी थियो भने माननीय मन्त्री देवेन्द्र पौडेललाई संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले सफलताको कामनाको मायाको चिनो प्रदान गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













