उपत्यकाका कुमारीहरु भक्तपुरमा भेला

उपत्यकाका कुमारीहरु भक्तपुरमा भेला
भक्तपुर, असार २३ गते
काठमाण्डौ उपत्यकाका पूर्व तथा वर्तमान कुमारीहरु आज भक्तपुरमा भेला भएका छन् । जीउँदो देवीका रुपमा पूजीने कुमारीहरुलाई आज सामूहिक पूजा र सम्मानका लागि भक्तपुरमा कुमारीहरुको भेला भएको हो । आज भएको भेलामा २६ जना कुमारीहरु सहभागि थिए। सहभागि कुमारीहरु र सहयोगीहरुलाई हास्यकलाकार हरिवंश आर्चायले समानित गरेको थियो ।

वरिष्ठ कलाकार आर्चायको ५० वर्षको कला यात्रामा पहिलो पटक नयाँ अनुभूतिका साथ कुमारीहरुको दर्शन गर्ने अवसर जुरेको भन्दै उहाँले बहुभाषि, बहुसांस्कृतिको नेपाल कुमारी जस्तै देवदेवीहरुकै कारण बाँचि रहेको विश्वास व्यक्त गर्नु भयो । अहिले नेपाल देश ठूलो दुःखमा परिरहेको चर्चा गर्दै उहाँले देशमा व्याप्त अराजकता, भ्रष्टाचार, अब्यवस्थाहरुको चाँदै अन्त्य होस् । सबैले कामना गरौं । कलाकार आचार्यले आह्वान गर्नु भयो ।