भक्तपुरको लोकन्थलीबाट लागूऔषध र नगदसहित एक जना पक्राउ
भक्तपुर, २३ असोज ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित मनोहरा खोला सडक खण्डबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध र नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
विशेष गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. २ बस्ने ३८ वर्षका सुरज कुमार बाँनियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बाँनियाको साथबाट निम्न परिमाणमा लागूऔषध तथा नगद बरामद गरेको छ:
- ट्रामाडोल (Tramadol): १६१० क्याप्सुल
- नाइट्राभेट (Nitravet): २६ क्याप्सुल
- पोल्याण्ड: ५ ग्राम
- नगद: रु. ६७,४००/- (सरसट्ठी हजार चार सय रुपैयाँ)
मिति २०८३/०६/२२ गते पक्राउ परेका बाँनियाविरुद्ध लागूऔषध मुद्दामा थप अनुसन्धान गर्नका लागि मिति २०८३/०६/२३ गते सम्माननीय जिल्ला अदालत भक्तपुरबाट १० (दस) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपककुमार कार्कीले जनाएको छ।













