२७ जना स्रष्टाले स: दबू साहित्यमा रचना वाचन गरे ।
– राजुराम मुनंकर्मी
बि.सं. २०८२ चैत्र ७ गते शनिबार देखि एकल लघुकथा वाचनकाे पहिलाे संस्करणबाट शुरू भएकाे स: दबू साहित्यकाे याे अभियान सातौं संस्करणसम्म आइपुग्दा विशेष साहित्य वाचनको कार्यक्रममा रूपान्तरण भएकाे छ । चारजना स्रष्टाहरू सुधिर ख्ववि, कविन्द्र लाल प्रधान, समा श्री र सुरेन्द्र भक्त श्रेष्ठकाे जाँगरिलाे अभियानले स: दबू साहित्य संस्थालाई जीवन्त बनाउने साहसिक कदम चालिएकाे हाे । हरेक महिनाकाे पहिलाे शनिबार ललितपुरकाे तलाछें टाेलमां गरिंदै आएकाे स:दबू साहित्यकाे उक्त श्रृङ्खलामा भने नेपालभाषाका हाइकु, कविता, गजल, कथा, लघुकथा र मुक्तक विधालाई समेटेर फरक ढङ्गले सञ्चालन गरिएकाे हाे । श्रृङ्खलामा स्रष्टाहरू शाक्य सुरेन, लुमन्ति चित्रकार र रमेश मानन्धरले मुक्तक वाचन गरे भने केदार सितु (जि नं भगवान जुल), दिब्या ताम्राकार (त: पागु लँ ) र महर्जन रत्न (अन्तर्द्वन्द्व) ले कथा वाचन गरे । त्यस्तै ४ जना स्रष्टाहरू क्रमश: मोक्ष बहादुर अमात्य, सुरेश प्रधान , धर्म कृष्ण सिकर्मि र जय प्रकाश शाक्यले हाइकु वाचन गरे । लघुकथा विधामा ५ जना स्रष्टाहरू ध्रुब मधिकर्मी ( च्युता) , माणिक उराय् आ: छु याय का : ! ), राजुराम मुनकर्मी(त्यासा) ,समान्त( सक्षम नारी) र रासाले (त्वाय) वाचन गरेका थिए । त्यसैगरी ४ जना स्रष्टाहरू शैलेन्द्र श्रेष्ठ , बद्री वेदना , रामेश्वर मिश्रण श्रेष्ठ , रामेश्वर जलनले दमदार गजल प्रस्तुत गरे भने ८ जना कविहरू मङ्गल नारायण जोशी (स: छग गँ या), प्रदिप रत्न शाक्य (व्याँञ्चुली), महेशमान डंगोल (स्वापु), बसन्त नकर्मी( छ सु ? जिपिं सु ? ), राज अक्षोभ्य (नुग: तंगु स:), सुष्मा चित्रकार( न्हयस), मिमला शर्मा (प्रलयया छुमा) र अमृत मान ज:( आकाश छ कुतुं वये मते न्हा ) र आयोजकको तर्फबाट समा श्रीले अष्टमान कविता वाचन गरेका थिए । कार्यक्रममा वाचित रचनाहरूमा माया, प्रेम, सद्भाव र एकता लगायत वर्तमान विकृति, विसङ्गति माथि कडा प्रहार गरिएकाे थियाे भने हाल रसुवा बाढी पहिराेकाे मार्मिक दृश्य र पीडाकाे भावलाई समेटिएकाे थियाे । वरिष्ठ देखि कनिष्ठसम्मका स्रष्टाहरूकाे जमघटमा एक आपसमा परिचय र आफ्नाे प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेकाे सहभागीहरूले प्रतिक्रिया जनाएका थिए ।
उक्त कार्यक्रममा संस्थाका शुभेच्छुक तथा अग्रज साहित्यकारद्वय मोक्ष बहादुर अमात्य तथा मङ्गलनारायण जाेशीलाई सम्मान स्वरूप विशेष पाहुनाको रुपमा आसनग्रहण गराइएको थियाे भने वाचन गर्नुहुने २७ श्रष्टाहरूलाई संस्थाकाे तर्फबाट मायाकाे चिनाे र हाइजिन मोक्ष बहादुर अमात्यले आफ्नो तर्फबाट नगद उपहार समेत प्रदान गरिएकाे थियाे ।
स: दबू साहित्यका सदस्य सुरेद्र भक्त श्रेष्ठले संस्थाकाे ऐतिहासिक पाटाे केलाउँदै स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका अर्का सदस्य कबिन्द्रलाल प्रधानले कार्यक्रम सम्पन्न गर्न गराउने साथ दिने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स:दबूका सदस्य समा श्री काे सुन्दर प्रस्तुतिकरणमा सम्पन्न उक्त कार्यक्रममा संयोजक सुधीर ख्वबिले सातौं संस्करणमा वाचन गर्ने स्रष्टाहरूको छनौट, अघिल्ला कार्यक्रमहरूमा उपस्थित हुनुभएका श्रष्टाहरूको लेखन विधा अनुसार चयन गरिएको कुरा जानकारी गराउनु भएकाे थियाे ।
Featured Posts – Style 1
२७ जना स्रष्टाले स: दबू साहित्यमा रचना वाचन गरे ।
2026-09-20 Comments Off on २७ जना स्रष्टाले स: दबू साहित्यमा रचना वाचन गरे ।
२७ जना स्रष्टाले स: दबू साहित्यमा रचना वाचन गरे ।- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते शनिबार देखि एकल लघुकथा...
ख्वप आदर निकेतन उद्घाटन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनयापनमा जोड
2026-09-20 Comments Off on ख्वप आदर निकेतन उद्घाटन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनयापनमा जोड
ख्वप आदर निकेतन उद्घाटन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनयापनमा जोड भक्तपुर, २०८३ असोज ४ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरपालिका–६,...
भक्तपुरमा लेखापढी व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तथा देवानी कानूनसम्बन्धी प्रशिक्षण सम्पन्न
2026-09-20 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तथा देवानी कानूनसम्बन्धी प्रशिक्षण सम्पन्न
भक्तपुरमा लेखापढी व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तथा देवानी कानूनसम्बन्धी प्रशिक्षण सम्पन्न भक्तपुर, असोज ४ । नेपाल लेखापढी व्यवसायी एसोसियसन, जिल्ला...
भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु
2026-09-19 Comments Off on भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु
भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु भक्तपुर, ३ असोज। "पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति" भन्ने...
चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान
2026-09-19 Comments Off on चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान
चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान भक्तपुर, १ असोज। चाँगुनारायण...














