अदालत जाने धम्किकाबाबजुत सुनपाको मतगणना पूरा
भक्तपुर, जेष्ठ ५ गते
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो नगरपालिकामा पूर्व मेयर बासुदेव थापाको सूर्यले प्रमुख र उपप्रमुख सहित ५ वटा वडामा जितेको छ भने ५ वटा वडामा रुखले जितेको छ । गठवन्धनका निशान ढुंगेलले १३२३२ मत प्राप्त गर्दा थापाले १४७५८ मत प्राप्त गरी विजयी भएका हुन । उपप्रमुखमा पनि एमालेकै सरिता भट्टराईले १४४९० मत लिएर विजयी भएकी छिन ।
तर गठबन्धनका (नेकपा एस) उपप्रमुख पद्का उम्मेदवार श्याम बस्नेतले भने मतगणनामा झेलि भएको भन्दै अदालत जाने धम्कि दिएको थियो । मतगणनामा चित्त नबुझेपछि “गणनाको धर्को मात्र पुनः जोडेर देखाउन भन्दा निर्वाचन अधिकृतले अदालत जानु भन्नु भयो, हामी अदालत जान्छु ।” बस्नेतले भने । यद्यपी रातदिन नभनि मत गणना पूरा गरी आज विहान अन्तिम मतपरिणाम घोषणा गरिसकेको निर्वाचन अधिकृत सरीताकुमारी खतिवडाले जनाए । बस्नेतको भनाईमा उनले भने “सामजिक सञ्जाल र मिडियाले भन्नकै भरमा मत परिणाम हुन सक्दैन । मतगणना रोक्नु भन्दा चित्त नबुझे अदालत जानु भनेको चाहि हो । त्यसपछि उनका प्रतिनिधीहरु समेत मतगणनामा देखा परेन । सर्वदलिय बैठकले कुनै दलको प्रतिनिधी उपस्थित नभए पनि मतगणना नरोक्ने निर्णय भए अनुसार निर्वाचन आयोगमा समेत यो विषयमा प्रतिवेदन गरी दिएको आदेश अनुसार मतगणना पूरा गरेको छु । हाम्रो पनि जागिरको माया छ । अदातल गयो भने अदालतले जे भन्छ सो अनुसार हुन्छ । हामी त मतगणना पूरा गरी आज विहान घर हिड्यौं।” निर्वाचन अधिकृत खतिवडाले भने ।
आज विहान जारी अन्तिम मत परिणाम अनुसार उपप्रमुखका उम्मेदबार बस्नेतले ६६६१ मात्र मत प्राप्त गरेको छ । सो नगरपालिकाको १ देखि १० सम्मको वडामा सूर्यले १, ५, ७, ८ र १० र रुखले २, ३, ४, ६ र ९ गरी ५।५बाट वडामा वडाध्यक्ष जितेको छ । वडा नम्वर ९मा भने नगरपालिकाकै प्रवक्ता दाबि गर्ने चर्चित पत्रकार उपेन्द्र केसी रुखका भगवान खत्रीसँग पराजित भएका थिए ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














