भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर,
विश्व मुटु दिवस- २०२६ काे अवसरमा Don’t Miss a Beat ” मुटुलाई धड्किन देऊ” काे नारा सँगै नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे महिला सशक्तिकरण उपसमिति, भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर र जेसिआइ भक्तपुर लेडीकाे संयुक्त आयाेजनामा भक्तपुरकाे एभरेष्ट ईङ्गलिश स्कूलकाे सभाकक्षमा भव्यतापूर्वक सम्पन्न गरियाे । प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीकाे सभाध्यक्षता एवं जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरू प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्य नारायण सुवाल, केन्द्रीय उपाध्यक्ष वरिष्ठ कार्डियाे भास्कुलर सर्जन डा. प्रेमराज वैद्य र कार्डियाेलाेजिष्ट डा. एन्जेला बैद्यले मुटुराेग सम्बन्धी सचेतनामूलक प्रस्तुतिकरण र सहभागीहरूका जिज्ञासाबारे प्रष्टाेक्ति र मनाेपरामर्श समेत गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा प्रमुख अतिथि अन्जना खड्काले भक्तपुर जिल्लामा आ.व.०८०/८१ मा हृदयघातबाट मृत्यु हुने ६ जना, आ.व.०८१/८२ मा १७ जना र ०८२/८३ मा २६ जना रहेकाे तथ्याङ्क प्रस्तुत गर्नुहुँदै मुटुराेग विशेषज्ञज्यूहरूबाट प्रस्तुत गरिएका विषयवस्तुले सचेतना फैलाउने विषयमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । साथै उहाँले प्रतिष्ठानसँग सहकार्य गर्दै मुटुराेग सम्बन्धी


स्क्रिनिङ र सचेतनामूलक कार्यक्रम गरिन बताउनुभयाे ।साेही समाराेहमा भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरका रश्मि शिल्पकार र जेसिआई भक्तपुर लेडीका अध्यक्ष अनु थापाले विश्व मुटु दिवसकाे अवसरमा सबैकाे स्वस्थ मुटुकाे कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
संयुक्त ३ वटै संस्थाका सदस्यहरू, भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरका विरामीहरू र मिवाछें महिला समूहका सदस्यहरू गरी जम्मा ५५ जना सहभागीहरूलाई प्रस्ताेताहरू क्रमश: डा. सत्यनारायण सुवालले मुटुराेगकाे बारेमा जानकारी सहित अपनाउनुपर्ने सतर्कता र जीवनशैलीमा परिवर्तनबारे उपयाेगीमूलक प्रस्तुतिकरण गर्नुभयाे भने डा. प्रेमराज बैद्यले उच्चरक्तचाप, त्यसले पार्ने असर र अपनाउनुपर्ने सतर्कता अनि नयाँ प्रविधिकाे प्रयाेगबारे महत्वपूर्ण प्रस्तुतिकरण गर्नुभएकाे थियाे । अन्तिम प्रस्ताेता डा. एन्जेला बैद्यले हर्ट फेल सम्बन्धी महत्वपूर्ण जानकारी दिनुभयाे ।
प्रतिष्ठानका सचिव विद्या राजभण्डारीकाे सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा अतिथिगणलगायत सहभागी सबैलाई प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमितिका संयाेजक रत्नमाया सुवालले स्वागत गर्नुभयाे भने कार्यक्रम सफल पार्ने सहयाेगी संस्था तथा सहभागीहरूलाई उपसभापति विश्वमाेहन जाेशीले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । समाराेहमा सभापतिले संस्थाकाे तर्फबाट प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मुटुकाे कलात्मक लाेगाे अंकित मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।