भक्तपुर नगरपालिकाद्वारा गुन्हीपुन्ही सापारु धें धें बला कासा २०८३ को नतिजा सार्वजनिकः
भक्तपुर, असोज २ गते
भक्तपुर नगरपालिकाद्वारा गुन्हीपुन्ही सापारु पर्व २०८३ को अवसरमा भदौ १३ गते प्रदर्शन गरिएको घिन्ताङघिसी र भदौ १५ देखि १९ गतेसम्म सञ्चालन भएका ३२ विभिन्न सांस्कृतिक विधाहरूको प्रतियोगिता (धें धें बला कासा) को नतिजा आज सार्वजनिक गरिएको छ।
सापारु –गाईजात्रा)को दिन दिनभर नगरका विभिन्न क्षेत्रबाट गरेको मूल्यांकन र भाद्र १५ देखि १९ गतेसम्म भक्तपुर नगरको सूर्यमढी, नासमना र च्वछें टोलमा गरिएको मूल्यांकनका आधारमा सो नतिज्ञा सार्वजनिक गरेको हो ।
नगरपालिकाले परम्परागत तथा आधुनिक सांस्कृतिक विधातर्फ प्रतिस्पर्धा गर्ने ३२ विधाका विजेता, उपविजेता तथा उत्कृष्ट टोलीहरूसँगै उत्कृष्ट कलाकार, निर्देशक र लेखकहरूको नामावलीसमेत घोषणा गरेको छ।

उत्कृष्ट कलाकार तथा सर्जकहरू (परम्परागत विधातर्फ)
* उत्कृष्ट महिला कलाकारस् रिद्धि ग्वाछा (लाखे, कमिलागल्ली बाँसुरी बाजा समूह, भनपा ९)
* उत्कृष्ट पुरुष कलाकारस् सर्जल आचार्य (जङ्गली, खिछें दाफा भजन खलः, खिछें ५)
* उत्कृष्ट बाल कलाकारस् अभिनव सुवाल ९वाद्यवादक ( जेन्युन सेकेन्डरी स्कूल, देकोचा १०)
* उत्कृष्ट निर्देशकस् मुक्तिसुन्दर जधारी (देवी प्याखं, मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र, भनपा ५)
उत्कृष्ट कलाकार तथा सर्जकहरू (आधुनिक विधातर्फ)
* उत्कृष्ट महिला कलाकारः ईसा सायजु (आमाको भूमिका, नासागु लुँु (जैंला सांस्कृतिक समाज, भनपा ८)
* उत्कृष्ट पुरुष कलाकारः दिलबहादुर कासिछ्वा ध्याच्चु प्याखं ( पासा पुचः, भनपा ९)
* उत्कृष्ट बाल कलाकारः रसिक माक (न्हुगु वासिङ मेशिन, दुमलाचा सांस्कृतिक परिवार, तालाक्व ४, ह्योंचाको भूमिका)
* उत्कृष्ट निर्देशकः रसिला कुम्पाख, फाकंदलि (आरम्भ वाद्यशाला, खौमा ३)
* उत्कृष्ट लेखकः रमेश प्रजापति, गाइँचा (स्टार वाचनालय, वाचुत्व ७)
* घिन्ताङघिसीतर्फ उत्कृष्ट कलाकारः तुलसीभक्त कोजु, घिन्ताङघिसी (ब्यासी २)
प्रमुख सांस्कृतिक विधाहरूको प्रथम स्थान (विजेता टोलीहरू)
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार मुख्य (मुख्य विधामा प्रथम स्थान हासिल गर्ने टोलीहरू निम्न बमोजिम छन्ः
* दैत्य प्याखंः ख्वप देवी प्याखं महाकाली नाच खलः, लैंको ५
* देवी प्याखंः मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र, भनपा ५
* भैल प्याखंः जेठा गणेश भैल प्याखं, भनपा ४
* नागाचा प्याखंः सिद्धि गणेश सांस्कृतिक बाँसुरी बाजा समूह, चोछें ७
* लाखे प्याखंः खिछें दाफा भजन खलः, भनपा ५
* जङ्गली प्याखंः खिछें दाफा भजन खलः, भनपा ५
* खिचा प्याखंः विश्वकर्मा भैल प्याखं, भनपा ९
* ख्या प्याखंः गल्सी पुखु देवी प्याखं, भनपा ५
* कवांचा प्याखंः विश्वकर्मा भैल प्याखं, भनपा ९
* कलौली प्याखंः मको लुसी प्याखं खल, भनपा ९
* हुला प्याखंः आस्था सांस्कृतिक परिवार, लिवाली ८
* गाइँचा प्याखंः वालाखु गणेश सांस्कृतिक पुचः, सानो व्यासी २
* फाकंदलि प्याखंः आस्था सांस्कृतिक परिवार, लिवाली ८
* ध्याच्चु प्याखंः पासा पुचः, भनपा ९
* नाटकः जैंला सांस्कृतिक समाज, भनपा ८
* ख्यालः आस्था सांस्कृतिक परिवार, लिवाली ८
* घिन्ताङघिसीः विष्णुकेशरी खायमली, भनपा ८
यसबाहेक भलु प्याखं, माक प्याखं, सिंह प्याखं, मौ मैचा, मया प्याखं, हनुमान प्याखं, म्हेखा प्याखं, कपाः फेनेगु, साँ देश, म्ये प्याखं र गीति नाटक विधाको पनि नतिजा सार्वजनिक गरेको छ।
भक्तपुर नगरपालिकाका अनुसार आफ्नो मौलिक कला, भाषा, संस्कृति तथा परम्परा संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष सापारु (गाईजात्रा) को अवसरमा सावारु र परम्परागत तथा आधुनिक सांस्कृतिक प्रदर्शन तथा प्रतियोगिताहरू आयोजना गरिँदै उत्कृष्ठहरुलाई पुरस्कृत गदै आइएको छ।













