साईनिङ्ग स्टुडेण्ट एकेडेमीले मनाए, सांस्कृतिक कार्यक्रम

साईनिङ्ग स्टुडेण्ट एकेडेमीले मनाए, सांस्कृतिक कार्यक्रम

भक्तपुर, २४ चैत । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनमा दि साईनिङ्ग हिरो अफ दि इयरको फाइनल र बार्षिक परीक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा साँस्कृति कार्यक्रम एक एक समारोहबीच सूर्यविनायक पार्टी भेन्यूमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा विशेष अतिथि नगर शिक्षा शाखाका अधिकृत साधुराम फुयालले यस विद्यालयले विभिन्न विधाहरुमा उत्कृष्ठता हासिल गरेका विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै शिक्षा र तालिम समुदाय विद्यालयलाई अगाडि बढाउनु अपरिहार्य भएको बताउँदै समुदायिक र संस्थागत विद्यालय दुबै संगसंगै लगि एकरुपता ल्याउन परीक्षा समेत संयुक्त लिएको बताउनुभयो । उहाँले शिक्षा मौलिक हक भएको बताउँदै गुणस्तरीय शिक्षाको निम्ति सकृय हुनुपर्ने बताउनुभयो । उहाँले यस विद्यालयले खेलेरै सिकौं अवधारणा ःल्याएको पनि एकदमै स¥हानिय भएको बताउनु भयो ।


उहाँले नगर शिक्षाबाट संस्थागत साथै सामुदायिक विद्यालयहरुलाई समान रुपमा परीक्षा र तालिमहरु गर्दै आइरहेको बताउनु भयो । नगर शिक्षाबाट कक्षा ५ को अन्तिम परीक्षा, कक्षा ८ को केन्द्रिकृत परीक्षा साथै कक्षा १० को पूर्व तयारी एस.ईं.ई.परीक्षा समेत लिइदै आएको समेत जानकारी दिनुभयो । यस्ता परीक्षाले शिक्षालाई गुणस्तरिय बनाउन घच्घच्याएको समेत बताउनु भयो ।
कार्यक्रममा विशेष अथिति उपेन्द्र सुवालले भक्तपुर ज्ञान विज्ञानको केन्द्र बनाउने सोचलाई यस साइनिङ्ग स्टूडेण्टस् एकेडेमीले प्रमाणित गरेको छ भन्नुभयो । उहाँले यहाँ नाचगान, खेल, अन्य गतिविधि एवं विविध विधाहरुमा भक्तपुर लगायत जिल्लामा नै उत्कृष्टता प्रमाणित गरेको बताउनु भयो । उहाँले भक्तपुर नाचगानको राजधानी भएकोले यस विद्यालय यस्ता विविध साँस्कृतिक विधाहरुले घरघरबाट गायक, संगितकार र नृत्यकार लगायतका विधाहरु तयार गर्न सहयोग हुने समेत बताउनु भयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिशु स्वाहार देखि उच्च शिक्षा सम्म सेवा दिइरहेको साथै एक घर एक स्नातक बनाउन उच्च शिक्षा हासिल गर्न चाहनेलाई ५ लाख सम्मको शैक्षिक ऋण प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो । इतिहास, भूगोल, संस्कृति पढ्न पि.एच्.डि. सम्मका विद्यार्थीहरुलाई निशूल्क शिक्षा समेत प्रदान गरिरहेको बताउनु भयो ।
उहाँले भक्तपुर नगर पालिका स्वास्थ्य क्षेत्रमा समेत निकै सफलता हासिल गरिरहेको जसबाट ५ मिनेट अस्पतालको सुविधा भएको बताउनु भयो । त्यसैगरी खेलकुद जीवनमा नभई नहुने कलाको रुपमा लिनुपर्छ किनकी खेलकुदले हरेकलाई स्वस्थ स्फूति बनाउन मद्धत गर्छ । त्यतिमात्र नभई भक्तपुर नगर पालिकाले विभिन्न कलासंस्कृतिलाई जगेर्ना गर्न विभिन्न बाजाहरुको प्रतियोगिता समेत गरिरहेको बताउनु भयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिका अध्यक्ष तथा गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिन्छन् । ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ भन्नुभयो । उहाँले साइनिङ्ग हिरो अफ दि इयरले बालबालिकामा भएको प्रतिभा प्रष्फुटन हुनेमा आशा व्यक्त गर्नुभयो । उहाँले अतिरिक्त क्रियाकलाप र गतिविधिले विद्याथीहरुमा उत्साहित गर्नुका साथै क्रियाशील बनाउँछ भन्नुभयो । उहाँले अनुसंन्धन र आविष्कारको लागि अति राम्रो र गुणस्तरीय शिक्षा भने स्लोगनले नै उदेश्य के लिनु उडि छुनु चन्द्र एक उक्ति सार्थक बनाएको बताउनुभयो । उहाँले सरकारी विद्यालयको शिक्षा गुणस्तरिय भएको भए संस्थागत विद्यालयको प्रार्दुभाव नै हुने थिएन । गुणस्तरीय शिक्षाको लागि अभिभावकहरु संस्थागत विद्यालयमा आकर्षित भएको देखिन्छ भन्नुभयो । उहाँले विद्यालय राम्रो बनाउन विद्यालय, शिक्षक र अभिभभावक ट्राइसाइकलको तीन पाङ्ग्रा भएको बताउँदै एउटामात्र पञ्चर भए सबै भताभुङ्ग हुन्छ भन्नुभयो । उहाँले टोल राम्रो नभए त्यहाँ विद्यार्थीहरु विकृति र विसंगति तर्फ आकर्षित हुने भएकोले टोल र समाज राम्रो बनाउन अभिभावकहरुले विद्यालय र टोल समाजमा समय र सहयोगी भावनाको विकास गर्नुपर्ने बताउनुभयो् ।
त्यस्तै कार्यक्रममा अतिथि प्याब्सन नगर अध्यक्ष रमेश चन्द श्रेष्ठले अरु विद्यालयमा धेरेै ठाउँमा गएको तर आजको कार्यक्रममा अभिभावकहरुको सहभागिताले एकदमै हौसला बढाएको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई राम्रो गर्न शिक्षक, विद्यालय तथा अभिभावकहरुको ठूला भूमिका हुने बताउनुभयो । उहाँले नानीहरुको पहिलो विद्यालय नै घर भएकोले घरमा समेत पढ्ने वातावरण अभिभावकहरुले बनाउनु पर्ने भन्नुभयो । उहाँले हरेक विद्यार्थी सफल हुन जीवनको अर्थ बुझे पढ्नेका साथै हरेक गतिविधिमा चासो ब्यक्त गर्ने गर्छ भन्नुभयो । उहाँले विद्यालय ठूलो हुँदैमा राम्रो हुन्छ भन्ने हुँदैन बरु अनुशासित र मिहिनेती भए सानो विद्यालयले समेत अब्बल विद्यार्थी उत्पादन गर्ने भन्नुभयो ।
त्यस्तै कार्यक्रममा अभिभावक सुजिल भुजेलले यस विद्यालयमा मेरो नानीहरुलाई ल्याएर एकदमै खुसी भएको किनकी शुरुमा स्कुलमा आउँदा विद्यालयले देखाएका संस्कारले म एकदमै प्रभावित भएको बताउनु भयो । उहाँले हाल नानीहरुलाई शिक्षामा धेरै नै चुनौती रहेको जस्ले गर्दा शिक्षित बेरोजगार बढेको र बैदेशिक रोजगारी जाने खालको शिक्षा प्राय स्कुलले उत्पादन गरिराखेकोमा यस विद्यालयले खेलेरै सिकौ भन्ने अवधारणाको विविध शैक्षिक कृयाकलाप, विभिन्न खेलहरुमा उत्कृष्टता र विविध कृयाकलापमा विद्यालयले राम्रो नजिता ल्याउन सफल भएकोमा मेरा नानीहरु यस विद्यालय राखेकोमा एकदमै खुसी रहेको जानकारी दिनुभयो । साथै यस विद्यालयमा शिक्षकशिक्षिकाहरु एकदमै भ्लभचनभतष्अ भएको नयाँनयाँ गतिविधि विद्यार्थी केन्द्रित कृयाकलाप बढी रहेको साथै बिदा कम भएकोले शिकाई गर्न बढी समय पाएको समेत बताउनु भयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल रविन छुस्याकीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहाँले विद्यालयले शैक्षिक क्षेत्रमा अब्बलताका साथै खेलकुद क्षेत्रमा भक्तपुर जिल्लामा मात्र नभई उपत्यका समेत कबड्डी, कराते, चित्रकला लगायतका क्षेत्रमा उत्कृष्ठता प्रस्तुत गर्न सफल भएकोमा अभिभावकहरुलाई धेरैधेरै धन्यबाद दिनुभयो । किनकी वहाँहरुको विश्वासले नानीहरुलाई विविध तालिम लगायत करिव ४९ जना विद्यार्थीहरु बाह्य कृयाकलापमा पुरस्कृत हुन सफल बनाउन सहयोगी भूमिका खेल्ने प्रशिक्षकहरुलाई समेत सम्मान गरिनु का साथै शिक्षामा खेलेरै सिकौं अवधारणाले समेत विविध क्षेत्रमा अबलता बनाउन सफल भएकोमा एकदमै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सह प्रिन्सिपल गौरी छुस्याकीले स्वागत मन्तब्यमा मोबाइलको लतमा फसेका नानीहरुलाई यस विद्यालयले नैतिकवान, अनुशासित तुल्याउन हरतरह प्रयत्नरत भएको छ भन्नुभयो । साथै यस विद्यालयले विविध विधाहरुमा जिल्लामै विभिन्न पदक हासिक गर्न सफल भएको बताउनु भयो । र हाल सम्म यसै विद्यालयबाट ३ जना डाक्टरहरु समेत उत्पादन गर्न सफल भएको समेत बताउनु भयो ।
निर्णायक बद्री नारायण ताम्रकारले साइनिङ्ग हिरोको फाइनलको नतिजा घोषणा गर्नुका साथै विनाता कला प्रतिष्ठानको सहयोगमा विभिन्न विद्यालयबाट उत्कृष्ठता भएका नृत्य र गायक गर्न सक्षम भएकालाई विदेशमा लगेर आफ्ना कला प्रस्तुती गर्न लगाइएको जसमा यस साइनिङ्ग स्टूडेण्टस् एकेडेमी विद्यालयहरु समेत निकत भविष्यमा लैजाने तयारी गरिरहेको समेत बताउनु भयो ।