प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दुइ पक्षिय सम्बन्धको बारेमा कुराकानी ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच दुइ पक्षिय सम्बन्धको बारेमा कुराकानी ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा सम्बोधन गरिरहनुभएको छ । उहाँले अहिले स्कटल्याण्डको ग्लास्कोमा भइरहेको सम्मेलनमा सम्बोधन गरिरहनुभएको हो । जलवायु परिवर्तनको असरले हिमालमा प्रभाव पारेको उहाँको भनाइ छ । सम्मेलनमा सम्बोधन गर्नुअघि उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पक्षिय सम्बन्ध र सहयोगको बारेमा छलफल गर्नुभएको थियो । भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए ।