भक्तपुरमा भदौ महिनामा १७९ मुद्दा दर्ता, ९६ वटा बैंकिङ कसुर र ठगीकास १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
भक्तपुर, २ असोज ।
जिल्ला प्रहरी परिसर भक्तपुरले आर्थिक वर्ष २०८३र०८४ को भदौ महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरूसम्बन्धी प्रगति विवरण ९प्रेस विज्ञप्ति० सार्वजनिक गरेको छ। प्रहरी परिसर भक्तपुरका अनुसार भदौ महिनामा कुल १७९ वटा मुद्दा दर्ता भई ५७ वटा फर्छ्योट भएका छन्।
जघन्य तथा गम्भीर अपराध
भदौ महिनामा जघन्य तथा गम्भीर अपराधतर्फ कुल १० वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये लागू औषधका ३, हातहतियार खरखजानाका १, जबरजस्ती करणीका ५ र ज्यान मार्ने उद्योगका १ वटा मुद्दा रहेका छन्।
बैंकिङ कसुर र ठगीको दबदबा
आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएका छन्। यसमा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेका छन्। प्रहरीले दर्ता भएका आर्थिक अपराधका घटनाहरूमा तीव्रताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ।
१२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रहरीले सार्वजनिक चासोका पेन्डिङ मुद्दाहरूको सफल अनुसन्धान गर्ने क्रममा १२ वर्षअघिको सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
वि।सं। २०६५ जेठ २६ गते मध्यपुर ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र नजिक भएको सवारी दुर्घटनापछि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची(११ का ५२ वर्षीय राजन भनिने यमनाथ चालिसेलाई गत भदौ ३० गते प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
फैसला कार्यान्वयन र फलोअप
अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादीहरूलाई भदौ महिनामा पक्राउ गरिएको छ। पक्राउ परेकाहरूबाट कुल ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय भुक्तानका लागि पठाइएको छ भने रु। १,२२,१९,५७०र( ९एक करोड बाइस लाख उन्नाइस हजार पाँच सय सत्तर० जरिवाना असुलीको दायरामा ल्याइएको छ।
महिला, बालबालिका तथा घरेलु हिंसा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा मुद्दा दर्ता भएकोमा ८ वटा फर्छ्योट भइसकेका छन्। साथै, हराएका ३४ जना ९महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक० मध्ये २७ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको छ।
घरेलु हिंसातर्फ परेका १३ वटा उजुरीमध्ये १२ वटामा मिलापत्र गराइएको र १ वटा तारेखमा राखिएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना तथा ट्राफिक कारबाही
भदौ महिनामा भक्तपुरभर कुल २३ वटा सवारी दुर्घटना भएका छन्, जसमा १ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्। ट्राफिक चेकिङका क्रममा २,९४७ वटा सवारी साधनलाई कारबाही गरी रु। १३,९२,५००र( राजस्व सङ्कलन गरिएको छ।
अन्य उल्लेख्य उपलब्धिहरू
अवैध गोलीगठ्ठा बरामदस् सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गरिएको।
लागू औषध नियन्त्रणस् ४५ र ४६ क्याप्सुल ट्रामाडोलसहित पक्राउ परेका सुरज परियार र सरोज महरालाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको।
कतव्य ज्यान मुद्दास् चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको।
समुदाय(प्रहरी साझेदारीस् २८ वटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २,८४६ जना विद्यार्थीहरूलाई सहभागी गराइएको।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ९प्रहरी नायब उपरीक्षक० दीपक कुमार कार्कीका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा गस्तीरचेकिङ कार्यलाई थप कडा र प्रभावकारी बनाउँदै लगिएको छ।













