भक्तपुर , चैत्र २८ गते
लक डाउनमा कहिँ रगत नपाए भक्तपुर आउनुस् किन कि कोरना भाइरसले प्रभावित लक डाउनको समयमा पनि रक्तसञ्चार सेवा केन्द्र भक्तपुरले दैनिक रगत संकलन र वितरण व्यवस्था चुस्त राखेको पाइएको छ । बन्दाबन्दीको बेला खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न जोखिम रहे पनि काठमाण्डौ उपत्यकाका विभिन्न टोल टोलमा पुगेर रगत संकलन अभियान सञ्चालन गरी रगतको माग धान्दै आएको केन्द्रका प्राविधिक प्रमुख उत्तम कुस्माले जनाएका छन् । चैत्र १२ गते देखि चैत्र २७ गतेसम्ममा काठमाण्डौ उपत्यकाका ४३ स्थानबाट रगत संकलन गरेको छ । लक डाउनका कारण पर्याप्त स्वयंसेवकहरु बाहिर नखतिएको अवस्थामा पनि केन्द्रका कर्मचारीहरुको सक्रियतामा सो अवधिमा १ हजार ३ सय ६१ यूनिट रगत संकलन गरी ३ हजार ४ सय ४१ यूनिट रगत वितरण गरेको उहाँले बताएका हुन् ।
रगत नपाएर कोहि पनि मर्न नपरोस, रगत चाहिएमा भक्तपुर आउनुस् भन्ने उद्घोष गर्दै आएको रक्त सञ्चार सेव केन्द्रले दैनिक १ सय २५ यूनिट भन्दा बढी रगत वितरण व्यवस्थापन गर्दै आएको छ । विभिन्न सामाजिक संघ संस्थाहरुको सक्रिय सहभागितामा लक डाउनको समयमा पनि सामाजिक दुरी कायम गरी रगत संकलन कार्य जारी राखेकाले अस्पतालमा उपचारत विरामीहरुका लागि आवश्यक रगत जोह गर्न सकि रहेको उहाँले बताउनु भयो । स्थानीयले भन्दा उपत्यकाका विभिन्न अस्पतालमा उपचारत विरामीका आफन्तहरु रगत लिन रक्त सञ्चार सेवा केन्द्र भक्तपुरसम्म आउने गरेका छन् । काठमण्डौका विभिन्न रक्त सञ्चार केन्द्रमा लक डाउनका कारण रगत अभाव भइरहँदा भक्रपुरको रक्त सञ्चारमा भने माग अनुसार रगतकोे आपुर्ति ब्यवस्था गर्दै आएको छ । लकडाउनको समयमा हुन सक्ने रगतको सर्तेजलाई ध्यान दिएर रक्तदान बारे जनचेतना फैलाउँदै टोल टोलमा रक्तदानका गतिविधी गर्दै आएकाले रगतको माग पूर्ति गर्न सकेको रेडक्रस सोसाईटी भक्तपुरले जनाएको छ ।
आपतकालीन रगत संकलन सेवा पनि सन्चालन भै रहेकोले बिरामीका आफन्तबाट समेत छिटो रक्तदान गर्न सकिने तथा वितरण समेत हुने भएकाले कहिँ नपाए रक्त संचार सेवा केन्द्र भक्तपुर आउनु भयो भने खालि हात फर्कन नपर्ने गरि सेवा चुस्ट राखेको हो |













